अनशनरत डाक्टर गोविन्द केसी आईसीयूमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण ९, २०८३
|
|
२१३ पटक हेरिएको
Shares
अनशनरत डाक्टर गोविन्द केसी आईसीयूमा

सारांश

  • गोविन्द केसीलाई अस्पताल लगिएको छ।
  •  स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि शनिबार दिउँसो डा.
  • केसीलाई सेती प्रादेशिक अस्पताल लगिएको हो।

 

कैलालीको धनगढीस्थित कृष्ण मन्दिरमा अनशनरत प्राध्यापक डा. गोविन्द केसीलाई अस्पताल लगिएको छ। स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि शनिबार दिउँसो डा. केसीलाई सेती प्रादेशिक अस्पताल लगिएको हो। डा. केसीका सहयोगी डा. अमृत जैशीका अनुसार सेती प्रादेशिक अस्पताल पुर्‍याएर उनलाई आईसीयूमा राखिएको छ।

पाँचबुँदे माग राख्दै डा. केसी धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा बिहीबारदेखि अनशनमा थिए।  उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ। आज बिहान जारी स्वास्थ्य अपडेटअनुसार केसीको ब्लड सुगर हिजो राति ५६ एजी/डीएल रहेकामा आज बिहान ५०एमजी/डीएल छ। यस्तै ब्लड प्रेसर उतारचढाव भइरहेको छ भने मांसपेशी बाउँडिने समस्या देखिएको छ।  बोल्न पनि असहज महसुस गरिरहेका डा केसीलाई खुट्टाको अपरेसन गरेका कारण हिँडडुल गर्न कठिन कठिन भइरहेको छ।  बाथरूम जानसमेत समस्या भइरहेको छ। सेती प्रादेशिक अस्पतालका फिजिसिएन डा. जगेन्द्र दुवालको नेतृत्वको टोलीले उनको स्वास्थ्य जाँच गरिरहेको छ। चिकित्सकले तत्काल सेती प्रादेशिक अस्पताल लगेर आईसीयूमा उपचार गर्न सुझाव दिएका थिए।  आजै धनगढीमा केसीविरुद्ध अनशन फिर्ता लिनुपर्ने माग गर्दै ‘गो ब्याक गोविन्द केसी’ भन्दै प्रदर्शन गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ