प्रहरी परिसर काठमाडौंको गेटबाट थुनुवा फरार
सारांश
- जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको गेटबाट एक थुनुवा फरार भएका छन् ।
- प्रहरी वृत्त स्वयम्भूबाट मुद्दा प्रयोजनका लागि ल्याइएका एक थुनुवा परिसरको गेटबाटै फरार भएको एक अधिकृतले बताए ।
- ती प्रहरी अधिकृतका अनुसार फरार हुनेमा २४ वर्षीय निशान परियार छन् ।

७ जेठ, काठमाडौं ।
जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको गेटबाट एक थुनुवा फरार भएका छन् । प्रहरी वृत्त स्वयम्भूबाट मुद्दा प्रयोजनका लागि ल्याइएका एक थुनुवा परिसरको गेटबाटै फरार भएको एक अधिकृतले बताए । ती प्रहरी अधिकृतका अनुसार फरार हुनेमा २४ वर्षीय निशान परियार छन् । प्रहरीका अनुसार उनी अभद्र व्यवहारको कसुरका थुनुवा हुन् । फरार थुनुवाको खोजी सुरु भए पनि पक्राउ परेका छैनन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया