मन्त्री यादवद्वारा सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण कार्यको शुभारम्भ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ५, २०८२
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  •   खानेपानीमन्त्री प्रदीप यादवले आज सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण कार्यको शुभारम्भ गरेका छन् ।
  • आज एक कार्यक्रमकाबीच मन्त्री यादवले सिंहदरबार भित्र मेलम्चीको शुद्ध, सुरक्षित खानेपानी बितरण कार्यको शुभारम्भ गरेका हुन् ।
  • आजबाट विधिवत् रुपमा शुभारम्भ गरिएको मेलम्चीको पानी अब यहाँका सबै मन्त्रालय एवं कार्यालयहरुमा वितरण गरिने मन्त्री यादवले बताए ।

५ जेठ, काठमाडौं । 

खानेपानीमन्त्री प्रदीप यादवले आज सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण कार्यको शुभारम्भ गरेका छन् । आज एक कार्यक्रमकाबीच मन्त्री यादवले सिंहदरबार भित्र मेलम्चीको शुद्ध, सुरक्षित खानेपानी बितरण कार्यको शुभारम्भ गरेका हुन् । आजबाट विधिवत् रुपमा शुभारम्भ गरिएको मेलम्चीको पानी अब यहाँका सबै मन्त्रालय एवं कार्यालयहरुमा वितरण गरिने मन्त्री यादवले बताए ।

उनले भने, “आजबाट सिंहदरबारमा विधिवतरुपमा मेलम्चीको पानी आएको छ । यसभन्दा पहिले भूमिगतको पानी सिंहदरबारमा आएको थियो । अब यहाँ मेलम्चीको शुद्ध र सुरक्षित खानेपानी वितरण हुनेछ ।”यसैगरी मन्त्री यादवले मेलम्चीको पानी वितरण सुरु भएपछि अबदेखि सिंहदरबार क्षेत्रभित्र प्रयोग हुँदै आएको जार र बोतलको पानी विस्थापित गरिने बताए । उनले भने, “सिंहदरबारमा मेलम्ची खानेपानी वितरण कार्यको विधिवत् रूपमा शुभारम्भ गरेको छु । अब जार र बोतलको पानी विस्थापित हुन्छ ।”

सिंहदरबारभित्र रहेका सम्पूर्ण मन्त्रालयहरू तथा कार्यालयहरूमा मेलम्चीको शुद्ध र सुरक्षित खानेपानी पुर्‍याउनका लागि पाइप लाइनको विस्तार गरिने समेत मन्त्री यादवले जानकारी दिए । मन्त्री यादवले धाराबाट आएको मेलम्चीको पानी सिधै पिएर वितरण कार्यको औपचारिक सुरुवात गरेका थिए । उक्त कार्यक्रममा मन्त्रालयका सचिव ई प्रमिलदेबी शाक्य बज्राचार्य, सहसचिव ई मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, केयुकेएलका प्रमुख अशोक पौडेल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरहामा मोटरसाइकलले छोएको निहुँमा युवकमाथि खुकुरी प्रहार
सिरहामा मोटरसाइकलले छोएको निहुँमा युवकमाथि खुकुरी प्रहार
लक्षित वर्ग उपचारका लागि वीर अस्पतालमा कक्ष स्थापना गर्दै काठमाडौं महानगरपालिका
लक्षित वर्ग उपचारका लागि वीर अस्पतालमा कक्ष स्थापना गर्दै काठमाडौं महानगरपालिका
युके पठाइदिन्छु भन्दै ३२ लाख ५७ हजार ठगी गरेको आरोपमा एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ३२ लाख ५७ हजार ठगी गरेको आरोपमा एक जना पक्राउ
नेपाल ऋण लिन सक्ने अवस्थामा नरहेको चीनलाई जानकारी गराएकी छु : परराष्ट्रमन्त्री राणा
नेपाल ऋण लिन सक्ने अवस्थामा नरहेको चीनलाई जानकारी गराएकी छु : परराष्ट्रमन्त्री राणा
नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा
नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा
प्रचण्डले गरे सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन
प्रचण्डले गरे सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन
प्रधानमन्त्रीले २८ वैशाखमा संसद्‍मा जवाफ दिने
प्रधानमन्त्रीले २८ वैशाखमा संसद्‍मा जवाफ दिने
सुनको मूल्य निरन्तर उकालो : आज तोलाको रू एक लाख ८७ हजार कायम
सुनको मूल्य निरन्तर उकालो : आज तोलाको रू एक लाख ८७ हजार कायम
जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण
जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण
विश्व क्रान्तिका नायक चे ग्वेभारा, हत्याको ४७ वर्षपछि मात्र भेटियो उनको शव
विश्व क्रान्तिका नायक चे ग्वेभारा, हत्याको ४७ वर्षपछि मात्र भेटियो उनको शव