टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ३०, २०८२
|
|
२३ पटक हेरिएको
Shares
टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृ*त्यु

सारांश

  •   काठमाडौँको वनस्थलीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
  • काठमाडौँ महानगरपालिका–१६, वनस्थली चोकस्थित सडकमा नम्बर नखुलेको टिप्परले बा.
  • ४६ प.

३० भदौ, काठमाडौं । 

काठमाडौँको वनस्थलीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१६, वनस्थली चोकस्थित सडकमा नम्बर नखुलेको टिप्परले बा. ४६ प. ४६०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ललितपुरको सातदोबाटो बस्ने ३१ वर्षीय मनिष केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते केसीको उपचारका क्रममा ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा आज मृत्यु भएको हो । दुर्घटनापछि फरार टिप्पर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?