लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता खनालले लिए शपथ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र १२, २०८१
|
|
३८ पटक हेरिएको
Shares
लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता खनालले लिए शपथ

सारांश

  • लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्य न्यायाधिवक्ता यमलाल खनालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
  • प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरको उपस्थितिमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेयले खनाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
  • शपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तीमगर, उपसभामुख मेनुका खाँड केसी लगायत उच्च पदस्थ व्यक्तिहरूको  उपस्थिति रहेको थियो ।

 

१२ भदौ , बुटवल । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्य न्यायाधिवक्ता यमलाल खनालले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरको उपस्थितिमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेयले खनाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तीमगर, उपसभामुख मेनुका खाँड केसी लगायत उच्च पदस्थ व्यक्तिहरूको  उपस्थिति रहेको थियो ।मुख्य न्यायाधिवक्ता काम, कर्तव्य¸अधिकार र सेवाका अन्य शर्तसम्बन्धी ऐन, २०७५ बमोजिम खनाललाई शपथ ग्रहण गराइएको हो । मुख्यमन्त्री आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले बुटवल निवासी खनाललाई गत भदौ ६ गते मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए । नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम खनाललाई प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?