पदमार्ग बनाउन आएका दुई मजदुरको चट्याङ लागेर मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख १४, २०८२
|
|
३१ पटक हेरिएको
Shares
पदमार्ग बनाउन आएका दुई मजदुरको चट्याङ लागेर मृत्यु

सारांश

  • आइतबार दिउँसो १ बजे कास्कीको अन्नपूर्ण गाउँपालिका–११ पोंडे चट्याङ पर्दा दुई मजदुरले ज्यान गुमाएका हुन्।
  • संखुवासभाको सिलीचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरतकुविँर राई र १८ बर्षीय महेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए।
  • ‘जिल्ला प्रहरी कार्यालयबाट टोली गएको छ’, उनले भने।

१४ वैशाख, पोखरा –

कास्कीमा पदमार्ग निर्माणमा खटिएका दुई मजदुरको चट्याङ लागेर मृत्यु भएको छ। आइतबार दिउँसो १ बजे कास्कीको अन्नपूर्ण गाउँपालिका–११ पोंडे चट्याङ पर्दा दुई मजदुरले ज्यान गुमाएका हुन्। संखुवासभाको सिलीचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरतकुविँर राई र १८ बर्षीय महेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए। ‘जिल्ला प्रहरी कार्यालयबाट टोली गएको छ’, उनले भने।

अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङका अनुसार हिँड्न लेक जाने पदमार्ग बनाउनेलाई ती मजदुर आएका हुन्। उनीहरु ९ जनाको समूहमा आएका थिए। ‘अरु काम गर्न गएका थिए। भान्छामा काम गर्न बसेका दुई जनाको मृत्यु भएको छ’, उनले भने।चट्याङ परेको स्थानमा पुग्नलाई पोखराबाट दुई दिनको समय लाग्छ। पर्यटकीय गाउँ घान्द्रुक हुँदै हिँड्न लेक पुगिने उनले जानकारी दिए।चिमाङ्गीमा पदमार्ग बनाउने, रेलिङ राख्ने कामका लागि पर्यटन बोर्ड गण्डकी र अन्नपूर्ण गाउँपालिकाले १८ लाख रुपैयाँ विनियोजन गरेका छन्। सोही बजेटको काम भइरहेको थियो। मेघगर्जनसहित चट्याङ परेपछि त्यहाँ असिनापानी र हिमपात भएको जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेशसभामा सांसदले आफैंलाई दले मोसो
मधेश प्रदेशसभामा सांसदले आफैंलाई दले मोसो
अभ्यासका लागि महिला क्रिकेट टोली भारतमा जाँदै
अभ्यासका लागि महिला क्रिकेट टोली भारतमा जाँदै
सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न गोरखापत्र नेतृत्वलाई निर्देशन
सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न गोरखापत्र नेतृत्वलाई निर्देशन
भरतपुरमा दुर्घटना : सडकमै पल्टियो जिप, किचिएर स्कुटर चालकको मृत्यु
भरतपुरमा दुर्घटना : सडकमै पल्टियो जिप, किचिएर स्कुटर चालकको मृत्यु
राप्रपा बैठक : दोस्रो दिनको छलफल जारी
राप्रपा बैठक : दोस्रो दिनको छलफल जारी
गृहमन्त्री अर्यालको पहिलो निर्णय : राष्ट्रिय शोक मनाउने, झण्डा आधा झुकाउने
गृहमन्त्री अर्यालको पहिलो निर्णय : राष्ट्रिय शोक मनाउने, झण्डा आधा झुकाउने
कानूनमन्त्रीलाई सांसद चन्दको प्रश्नः ०८४ को चुनावमा ३३ प्रतिशत महिला उम्मेदवारी दिन पाउँछन् कि पाउँदैनन् ?
कानूनमन्त्रीलाई सांसद चन्दको प्रश्नः ०८४ को चुनावमा ३३ प्रतिशत महिला उम्मेदवारी दिन पाउँछन् कि पाउँदैनन् ?
निर्वाचन आयोगप्रति गरिएको टिप्पणीप्रति आयोगको आपत्ति
निर्वाचन आयोगप्रति गरिएको टिप्पणीप्रति आयोगको आपत्ति
प्रतिनिधि सभा निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश, कुल खर्च ५ अर्ब ३७ करोड रुपैयाँ
प्रतिनिधि सभा निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश, कुल खर्च ५ अर्ब ३७ करोड रुपैयाँ
मुलुकी अपराध संहिता संशोधन प्रस्ताव फिर्ता लिन सांसद शाहीको माग
मुलुकी अपराध संहिता संशोधन प्रस्ताव फिर्ता लिन सांसद शाहीको माग