यातायात कार्यालय चितवनमा अख्तियारको छापा, झन्डै २ लाख नगदसहित २ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ३०, २०८२
|
|
३६ पटक हेरिएको
Shares
यातायात कार्यालय चितवनमा अख्तियारको छापा, झन्डै २ लाख नगदसहित २ जना पक्राउ

सारांश

  • यातायात व्यवस्था कार्यालय चितवनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले कार्यालय सहयोगी चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढाप घर भई भरतपुर महानगरपालिका-११ कैलाश टोल बस्ने ४९ वर्षीय इन्द्रजित गुरुङ र गोरखाको बारपाक सुलिकोट गाउँपालिका-५ घर भई हाल भरतपुर महानगरपालिका-११ बस्ने ३१ वर्षीय बिचौलिया सुरज पाठकलाई नियन्त्रणमा लिएको छ ।
  • सो क्रममा कार्यालय सहयोगी गुरुङको कार्यकक्षबाट १ लाख ८५ हजार रुपैयाँ नगद समेत बरामद भएको छ ।

३० जेठ, काठमाडौं ।

यातायात व्यवस्था कार्यालय चितवनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले कार्यालय सहयोगी चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढाप घर भई भरतपुर महानगरपालिका-११ कैलाश टोल बस्ने ४९ वर्षीय इन्द्रजित गुरुङ र गोरखाको बारपाक सुलिकोट गाउँपालिका-५ घर भई हाल भरतपुर महानगरपालिका-११ बस्ने ३१ वर्षीय बिचौलिया सुरज पाठकलाई नियन्त्रणमा लिएको छ ।

सो क्रममा कार्यालय सहयोगी गुरुङको कार्यकक्षबाट १ लाख ८५ हजार रुपैयाँ नगद समेत बरामद भएको छ । अख्तियारको टोलीले कार्यालय प्रमुख बिष्णु भट्टराई लगायत अन्य २२ जना कर्मचारी, ड्राइभिङ सेन्टरका सञ्चालकहरूको समेत विद्युतीय उपकरणहरू ३१ थान मोबाइल, २ थान ल्याप्टप र महत्त्वपूर्ण कागजातहरू समेत कब्जामा लिएको छ । सवारीचालक अनुमति पत्रको परीक्षा सञ्चालन गर्दा फेल भएका परीक्षार्थीलाई उत्तीर्ण गरी वर्ग अनुसार १५-२५ हजार रुपैयाँसम्म रकम असुल गरी भ्रष्टाचार गरेको भन्ने सूचनाको आधारमा छापा मारिएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार यातायात व्यवस्था कार्यालयका कर्मचारीसँगको मिलोमतोमा महालक्ष्मी ड्राइभिङ सेन्टर, गुरुङ ड्राइभिङ सेन्टर र कुमार ड्राइभिङ सेन्टर लगायतले फेल भएका परीक्षासँग रकम असुल गरी फेल भएका परीक्षार्थी उत्तीर्ण गर्ने गराउने गरेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेटौँडा–ढल्केबर–इनरूवा ४०० केभी प्रसारण आयोजनाको आज प्रधानमन्त्रीले हेटौँडा सबस्टेशन उद्घाटन गरिँदै
हेटौँडा–ढल्केबर–इनरूवा ४०० केभी प्रसारण आयोजनाको आज प्रधानमन्त्रीले हेटौँडा सबस्टेशन उद्घाटन गरिँदै
दुुई वर्षदेखि तलब नपाएको भन्दै खाँडाचक्रका कर्मचारीले गरे तालाबन्दी
दुुई वर्षदेखि तलब नपाएको भन्दै खाँडाचक्रका कर्मचारीले गरे तालाबन्दी
दुर्गा प्रसाईलाई सर्वोच्च अदालत लगियो
दुर्गा प्रसाईलाई सर्वोच्च अदालत लगियो
मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी
मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी
मधेश प्रदेशका स्वास्थ्यमन्त्री चढेको गाडी दुर्घटना, मन्त्री सिंह घाइते
मधेश प्रदेशका स्वास्थ्यमन्त्री चढेको गाडी दुर्घटना, मन्त्री सिंह घाइते
ट्रान्सपोर्टेसन र कुकिङ सेक्टरलाई पूर्ण रूपमा विद्युतीय बनाउन आवश्यक : मन्त्री घिसिङ
ट्रान्सपोर्टेसन र कुकिङ सेक्टरलाई पूर्ण रूपमा विद्युतीय बनाउन आवश्यक : मन्त्री घिसिङ
कमल थापासहित ६ जनालाई भद्रकालीमा राखियो, छाड्नेबारे के भन्छ प्रहरी ?
कमल थापासहित ६ जनालाई भद्रकालीमा राखियो, छाड्नेबारे के भन्छ प्रहरी ?
२६ सय बिन्दुमाथि नेप्से, कारोबार रकम भने घट्यो
२६ सय बिन्दुमाथि नेप्से, कारोबार रकम भने घट्यो
जनआस्थाको कार्यालयमा प्रहरीको छापा
जनआस्थाको कार्यालयमा प्रहरीको छापा
गृहमन्त्रीलाई ओलीको चेतावनी– बाबु धेरै नचम्किनू
गृहमन्त्रीलाई ओलीको चेतावनी– बाबु धेरै नचम्किनू