रवि लामिछाने चीन जाने मिति तय, राष्ट्रपति सीसँग छैन भेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २७, २०८३
|
|
८७ पटक हेरिएको
Shares
रवि लामिछाने चीन जाने मिति तय, राष्ट्रपति सीसँग छैन भेट

सारांश

  •   सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भदौ पहिलो साता चीन भ्रमणमा जाने भएका छन्।
  • लामिछानेको आठ दिने चीन भ्रमण भदौ ७ देखि १४ गते (अगस्ट २३ देखि ३०) सम्म हुने तय भएको उनी निकट एक नेताले बताए।
  • चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा लामिछाने पहिलो पटक उत्तरी छिमेकी देशको भ्रमणमा जान लागेका हुन्।

२७ साउन, काठमाडौं । 

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भदौ पहिलो साता चीन भ्रमणमा जाने भएका छन्। लामिछानेको आठ दिने चीन भ्रमण भदौ ७ देखि १४ गते (अगस्ट २३ देखि ३०) सम्म हुने तय भएको उनी निकट एक नेताले बताए। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा लामिछाने पहिलो पटक उत्तरी छिमेकी देशको भ्रमणमा जान लागेका हुन्।  रास्वपाले सत्ता सम्हालेपछि सभापति लामिछानेले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा पाँच दिने भारत भ्रमण गरेका थिए।

चीनका राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङसँग भेट्ने लामिछानेको प्रयास भने सार्थक नहुने देखिएको छ। लामिछानेको प्रारम्भिक कार्यतालिकामा सीसँग भेटको कार्यक्रम छैन।  ‘राष्ट्रपति वा सरकार प्रमुखसँग मात्रै राष्ट्रपतिले भेटवार्ता गर्ने चीनको प्रोटोकलअनुसार सीसँग भेट असम्भव भएको हो,’ लामिछानेको भ्रमणबारे जानकार एक अधिकारीले  भने।  बेइजिङमा लामिछानेको उपराष्ट्रपति हान झेङ र विदेशमन्त्री वाङ यीसँग भेट लगभग तय भएको छ। उनको पहिलो भेट भने सीपीसीको विदेश विभागका प्रमुख लिउ हाइसिङसँग हुनेछ, जसले यो भ्रमणमा उनलाई निम्त्याएका हुन्।

लामिछानेले पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्ने जनाइएको छ, जसमा उनकी पत्नी निकिता पौड्याल पनि हुनेछिन्। बोइजिङपछि लामिछाने प्रतिनिधिमण्डल तिब्बतको कैलाश मानसरोवरसम्म जाने तय भएको छ।  गत जेठ १९ देखि २३ गतेसम्म भारत भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गरेका थिए। उनले भाजपा अध्यक्ष नितिन नवीनसहित अन्य नेताहरूसँग पनि छलफल गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
फिफा विश्वकप : कोलम्बियाको उज्बेकिस्तानमाथि ३–१ को जित
फिफा विश्वकप : कोलम्बियाको उज्बेकिस्तानमाथि ३–१ को जित
दाउरा संकलन गर्ने क्रममा महाकालीमा दुई किशोर बगे, एक जनाको शव भेटियो, एक बेपत्ता
दाउरा संकलन गर्ने क्रममा महाकालीमा दुई किशोर बगे, एक जनाको शव भेटियो, एक बेपत्ता
८४ दिनका लागि ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
८४ दिनका लागि ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन
सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन
एनपीएलको अभ्यास खेल: पोखरा र विराटनगर भिड्दै
एनपीएलको अभ्यास खेल: पोखरा र विराटनगर भिड्दै
झापामा १५ तोला सुन चोरी
झापामा १५ तोला सुन चोरी
दर्ज्यानी चिन्ह ग्रहण गर्दै महानिरीक्षक पौडेलले भने : नागरिक सुरक्षाप्रति मेरो निष्ठा सँधै अटल रहनेछ
दर्ज्यानी चिन्ह ग्रहण गर्दै महानिरीक्षक पौडेलले भने : नागरिक सुरक्षाप्रति मेरो निष्ठा सँधै अटल रहनेछ
बाराको सिमरामा एमाले र जेनजी युवाबीच झडप, स्थिति तनावग्रस्त
बाराको सिमरामा एमाले र जेनजी युवाबीच झडप, स्थिति तनावग्रस्त
 हिन्दुहरुको महान चाड बडा दशैंको शनिबार बिहान फूलपातीकादिन धुमधामसंग फूलपाती भित्राइयो ( भिडियो सहित )
 हिन्दुहरुको महान चाड बडा दशैंको शनिबार बिहान फूलपातीकादिन धुमधामसंग फूलपाती भित्राइयो ( भिडियो सहित )