धान काट्ने मेसिनसँग मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ४, २०८३
|
|
५६ पटक हेरिएको
Shares
धान काट्ने मेसिनसँग मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु

सारांश

  • गएराति राजगढबाट चारपानेतर्फ जाँदै गरेको प्रदेश १-०१-०१२ प ४६३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३-००२ त १०४० नम्बरको धान काट्ने मेसिन एक-आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
  • दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।
  • मृत्यु हुनेमा झापाको बाह्रदशी गाउँपालिका-३ का २० वर्षीय गोपाल ताजपुरिया र बाह्रदशी-२ का १७ वर्षीय अशोक राजवंशी रहेका छन्।

 

झापाको बाह्रदशी गाउँपालिका-५ खटखटी टोलस्थित चारपाने-राजगढ सडकखण्डमा धान काट्ने मेसिनसँग मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु भएको छ। गएराति राजगढबाट चारपानेतर्फ जाँदै गरेको प्रदेश १-०१-०१२ प ४६३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३-००२ त १०४० नम्बरको धान काट्ने मेसिन एक-आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ। मृत्यु हुनेमा झापाको बाह्रदशी गाउँपालिका-३ का २० वर्षीय गोपाल ताजपुरिया र बाह्रदशी-२ का १७ वर्षीय अशोक राजवंशी रहेका छन्। दुर्घटनापछि धान काट्ने मेसिनका चालक भागेका छन्। उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?