रवि लामिछानेको दुई दिन तीन रातको हिरासत अवैध : रास्वपा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १२, २०८२
|
|
३३ पटक हेरिएको
Shares
रवि लामिछानेको दुई दिन तीन रातको हिरासत अवैध : रास्वपा

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको दुई दिन तीन रातको हिरासत अवैध रहेको बताएको छ ।
  • शुक्रबार प्रतिनधिसभाको बैठकमा बोल्दै रास्वपाका कार्यवहाक सभापति डोलप्रसाद अर्यालले लामिछानेको पक्राउ समेत कानुनी प्रक्रियाअनुसार नरहेको बताएका हुन् ।
  • पक्राउ पर्नुभएका रवि लामिछानेलाई २५ गते मात्रै थुनुवा पुर्जी दिएकाले उहाँको उहाँको दुई दिन तीन रातको हिरासत स्वतः अवैध छ,’ उनले भने ।

१२ वैशाख, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको दुई दिन तीन रातको हिरासत अवैध रहेको बताएको छ । शुक्रबार प्रतिनधिसभाको बैठकमा बोल्दै रास्वपाका कार्यवहाक सभापति डोलप्रसाद अर्यालले लामिछानेको पक्राउ समेत कानुनी प्रक्रियाअनुसार नरहेको बताएका हुन् । पक्राउ पर्नुभएका रवि लामिछानेलाई २५ गते मात्रै थुनुवा पुर्जी दिएकाले उहाँको उहाँको दुई दिन तीन रातको हिरासत स्वतः अवैध छ,’ उनले भने ।

लामिछाने गत २२ चैतमा पक्राउ परेका थिए । २५ चैतमा मात्रै रुपन्देही लगेर पक्राउ पुर्जी दिइएको अर्यालले बताएका हुन् ।लामिछानेमाथि राजनीतिक प्रतिसोध साधिएको पनि उनको भनाइ छ । ‘संसदीय समितिको छानबिन र निष्कर्ष विपरीत उहाँलाई चार वटा जिल्लामा फरक-फरक कानुन टेकेर फौजदारी मुद्दा लगाइयो,’ उनले भने । लामिछानेको सांसद पद निलम्बन भएकोप्रति पनि उनको आपत्ति छ । ‘चितवनका जनताले सुम्पिएको जिम्मवारी निर्वाह गर्न नपरोस् भनेर सम्पति शुद्धीकरणको अभियोग लगाएर सांसद पद निलम्बन गरियो,’ उनले भने । ८ पुस २०८१ देखि लामिछाने सांसद पदबाट निलम्बनमा छन् ।

सहकारीको बचत अपचलन तथा सम्पत्ति शुद्धीकरणको कसुरमा अभियोग दर्ता भएपछि उनको सांसद पद निलम्बनमा परेको थियो ।लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको जानकारीपत्र प्रहरीले सभामुख देवराज घिमिरेलाई पठाएको थियो । सोही पत्रका आधारमा सभामुख घिमिरेले लामिछानेको सांसद् पद निलम्बन हुन निर्णय गरेका थिए ।रास्वपाका कार्यवहाक सभापति अर्याल लामिछानेलाई राज्यले गरेको व्यवहारले प्रतिसोध हो भन्ने छर्लङ्‍ग पारेको पनि बताए । कानुनको आधार बिना अदालतको आदेश नलिएरै पक्राउ गरिएको दोहोर्‍याउँदै उनले भने, ‘प्रहरीको अधिकारीले नै अन्तिम इच्छा भनेर सोध्नुले कानुनी शासनको धब्जी उडाएको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिँचाइमन्त्री खड्का सरसफाइ अभियानमा सहभागी
सिँचाइमन्त्री खड्का सरसफाइ अभियानमा सहभागी
बैंकिङ प्रणालीबाट ९० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीबाट ९० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ताे छ कार्यसूची
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ताे छ कार्यसूची
अध्यादेशबारे छलफल गर्न जसपा नेपालको संसदीय दलको बैठक बस्दै
अध्यादेशबारे छलफल गर्न जसपा नेपालको संसदीय दलको बैठक बस्दै
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
चीनले विकास गर्यो विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली
चीनले विकास गर्यो विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली
सुनको मुल्य हालसम्मकै उच्च बिन्दुमा, तोलाको कति पुग्यो ?
सुनको मुल्य हालसम्मकै उच्च बिन्दुमा, तोलाको कति पुग्यो ?
सडकबाटो बिग्रपछि चौकीडाँडा–कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द
सडकबाटो बिग्रपछि चौकीडाँडा–कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनको माग गर्दै आन्दोलन
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनको माग गर्दै आन्दोलन
संसद भवनस्थित क्यान्टिनको छतबाट खसेर एक जना घाइते
संसद भवनस्थित क्यान्टिनको छतबाट खसेर एक जना घाइते