गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनको माग गर्दै आन्दोलन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २२, २०८०
|
|
४१ पटक हेरिएको
Shares
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनको माग गर्दै आन्दोलन

सारांश

  • रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित सञ्चालनको माग गर्दै चरणबद्ध आन्दोलन सुरु भएको छ ।
  • विमानस्थल नियमित रूपमा सञ्चालन गर्न विभिन्न निकायमा ज्ञापनपत्र बुझाएको सिद्धार्थ सञ्जाल, रुपन्देहीले  शुक्रबार भैरहवामा शान्तिपूर्ण प्रदर्शन गरेको छ ।
  • उक्त आन्दोलनलाई लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेयले पनि साथ दिएका छन् ।

२२ मंसिर, बुटवल । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित सञ्चालनको माग गर्दै चरणबद्ध आन्दोलन सुरु भएको छ ।

विमानस्थल नियमित रूपमा सञ्चालन गर्न विभिन्न निकायमा ज्ञापनपत्र बुझाएको सिद्धार्थ सञ्जाल, रुपन्देहीले  शुक्रबार भैरहवामा शान्तिपूर्ण प्रदर्शन गरेको छ । उक्त आन्दोलनलाई लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेयले पनि साथ दिएका छन् । विभिन्न संघ–संस्थाको सहभागितामा भैरहवाको देवकोटा चोकबाट सुरु भएको ¥याली बैंकरोड, नारायणपथ, बर्मेली टोल हुँदै बुद्ध चोकमा पुगेर समापन भएको थियो । र्यालीमा सहभागीहरूले विमानस्थल सञ्चालनको माग गर्दै नाराबाजी गरेका थिए । विमानस्थलबाट नियमित रूपमा अन्तर्राष्ट्रिय उडानको माग गर्दै भैरहवामा शान्तिपूर्ण जनदबाब र्याली तथा विरोध प्रदर्शन गरिएको सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । र्यालीमा लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेय, संविधानसभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासे के.सी., सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनिधिहरू, उद्योगी, व्यवसायी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि एवं नगरवासी उपस्थित थिए ।

प्रदर्शनपछि बुद्ध चोकमा आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका गृहमन्त्री पाण्डेयले प्रदेश सरकारले नेतृत्व लिएर विमानस्थल सञ्चालनमा ल्याउने प्रतिबद्धता  जनाए । उनले विमानस्थल सञ्चालनका लागि सञ्जालले पर्यटन मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई ज्ञापनपत्र बुझाए पनि सञ्चालन नहुँदा पर्यटन क्षेत्रमा ठुलो नोक्सान पुगेको बताए । सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विमानस्थल पूर्ण रुपमा सञ्चालन भए पचासौँ लाख पर्यटक आउने बताए । उनले विमानस्थल नचल्दा उद्योगी–व्यवसायी दयनीय अवस्थामा पुगेको जनाए । सञ्जालले माग पूरा नभए विमानस्थलमा धर्नादेखि आन्तरिक उडान रोक्न टिकट नकाट्ने चेतावनीसमेत दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीद्वारा भारतको उत्तराखण्डमा बाढीले क्षति पुर्‍याएको खबरप्रति चिन्ता व्यक्त
प्रधानमन्त्री ओलीद्वारा भारतको उत्तराखण्डमा बाढीले क्षति पुर्‍याएको खबरप्रति चिन्ता व्यक्त
अपाङ्गता भएका हरि बुढा मगरद्वारा माउन्ट भिन्सनको सफलतापूर्वक आरोहण
अपाङ्गता भएका हरि बुढा मगरद्वारा माउन्ट भिन्सनको सफलतापूर्वक आरोहण
किसानले समयमै मल नपाए खाद्य सुरक्षामै संकट आउन सक्छः सांसद साउद
किसानले समयमै मल नपाए खाद्य सुरक्षामै संकट आउन सक्छः सांसद साउद
मन्त्री घिसिङले अघि बढाए सर्लाही र रौतहटमा ५ सय डिप ट्युबवेल निर्माणको काम
मन्त्री घिसिङले अघि बढाए सर्लाही र रौतहटमा ५ सय डिप ट्युबवेल निर्माणको काम
सिरियामा जातीय हिंसामा १२ जनाको मृत्यु
सिरियामा जातीय हिंसामा १२ जनाको मृत्यु
प्रधानमन्त्री ओलीले गरे एचपिभी खोप अभियानको शुभारम्भ
प्रधानमन्त्री ओलीले गरे एचपिभी खोप अभियानको शुभारम्भ
विराटनगरबाट ब्राउन सुगरसहित एक जना पक्राउ
विराटनगरबाट ब्राउन सुगरसहित एक जना पक्राउ
फुटबलबाट मेस्सीले लिए अनिश्चितकालीन विश्राम
फुटबलबाट मेस्सीले लिए अनिश्चितकालीन विश्राम
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाले गर्‍यो अर्ली चुनावको माग
रास्वपाले गर्‍यो अर्ली चुनावको माग