बागमती प्रदेश : संसद् सञ्चालनका लागि सर्वदलीय बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन १३, २०८०
|
|
३० पटक हेरिएको
Shares
बागमती प्रदेश : संसद् सञ्चालनका लागि सर्वदलीय बैठक बस्दै

सारांश

  • बागमती संसद् सञ्चालनका सन्दर्भमा सर्वदलीय बैठक बस्दै छ ।
  • प्रदेशसभा बैठक सञ्चालनका सन्दर्भमा दलीय सहमति निर्माणका लागि प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बोलाएको सर्वदलीय बैठक आज बस्दै छ ।
  • प्रदेशसभा सचिवालय हेटौँडाका अनुसार सर्वदलीय बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ ।

१३ फागुन, मकवानपुर । बागमती संसद् सञ्चालनका सन्दर्भमा सर्वदलीय बैठक बस्दै छ ।

प्रदेशसभा बैठक सञ्चालनका सन्दर्भमा दलीय सहमति निर्माणका लागि प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बोलाएको सर्वदलीय बैठक आज बस्दै छ । प्रदेशसभा सचिवालय हेटौँडाका अनुसार सर्वदलीय बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । बैठक सचिवालयमा नै बस्ने वा अन्य स्थानमा बस्ने भन्ने विषयमा निर्णय भई नसकेको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । प्रदेशसभा सञ्चालन, संसद्को कार्यसूची, संसद्को बिजनेस लगायतका विषयमा निर्णय गर्न सभामुख पाठकले सर्वदलीय बैठक आह्वान गरेको प्रदेशसभा सचिवालय हेटौँडाका प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिए । उनका अनुसार सर्वदलीय बैठकमा निर्णय नभएको खण्डमा प्रदेशसभाको आगामी फागुन १५ गते आह्वान गरिएको बैठकले निरन्तरता पाउने छैन ।

संसद्मा पर्याप्त बिजनेस नरहेको र नयाँ विधेयक पनि दर्ता नभएको अवस्थामा सदनको व्यवस्थापन, कार्यसूची र मापदण्डहरू निर्माण गरी सबै दलहरूको सहमति जुटाएर अघि बढ्ने तयारी सभामुख पाठकको रहेको उनले बताए । ‘विशेषतः संसद्मा नयाँ बिजनेस दर्ता गर्ने, संसद् बैठकको व्यवस्थापन, कार्यसूची लगायतका विषयहरूमा सहमति गर्नुपर्ने जरुरी रहन्छ । सो सहमति नबन्दा संसद् बैठकले निरन्तरता पाउन सक्दैन ।’ उनले भने, ‘संसद्मा ४ वटा विधेयक छ । ३ वटा समितिमा विचाराधीन अवस्थामा रहेको छ भने एउटा सचिवालयमा दर्ता भएको अवस्था छ । सर्वदलीय बैठकमा सहमति नबनेको खण्डमा सो विधेयकहरू अघि बढ्न सक्दैन भने समितिका बैठकहरू पनि बस्न सक्ने अवस्था रहन्न ।’

सर्वदलीय बैठकले सत्तापक्ष र प्रतिपक्ष दलहरू बिचको विवादका विषयमा पनि निर्णय गर्नेछ । बैठकले बजेट माथि भइरहेको सत्तापक्ष र विपक्षी दलहरू बिचको अन्तर्द्वन्द्व सन्दर्भमा पनि निर्णय गरी अघि बढ्न तयारी गरिएको छ । सरकार र प्रतिपक्ष दलहरू बिच बजेट माथिको द्वन्द्वका कारण प्रदेशसभा बैठक समेत प्रभावित बन्दै आएको छ । सर्वदलीय बैठकमा सत्तापक्ष र विपक्ष बिचको विगतको विवाद समाधान गर्ने योजना रहेको छ । सर्वदलीय बैठकमा सरकार र प्रतिपक्ष दलहरू बिचको विवाद, बजेट पारित गर्दाको समयमा भएको सहमतिका विषयमा समझदारी बनाउने तयारी गरिएको छ ।

विगत ४ महिना देखि प्रदेशसभा बैठक बस्न सकेको छैन भने संसद् नबस्दा संसदीय समितिहरुको नेतृत्व चयन, कानुन निर्माण लगायतका विषयहरू अघि बढ्न सकेको छैन । गत असोज २२ गतेदेखि प्रदेशसभा बैठक बस्न सकेको छैन । २२ गते संसद्को वर्षे (बजेट) अधिवेशन अन्त्य गरिएको ४ महिना पुरा भइसक्दा पनि हिउँदे अधिवेशन आह्वान गर्ने सकिएको थिएन ।

प्रदेश प्रमुख यादव चन्द्र शर्माले फागुन १५ गते ३ बजेका लागि प्रदेशसभा बैठकको हिउँदे अधिवेशन आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले बागमती प्रदेश सरकारको मन्त्रिपरिषको सिफारिसमा नेपालको संविधान धारा १८३ उपधारा १ बमोजिम प्रदेशसभाको तेह्रौँ अधिवेशन बैठक डाकेका हुन् । गत माघ ८ गते बसेको मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन आह्वान गर्ने निर्णय सहित प्रदेश प्रमुख शर्मा समक्ष सिफारिस गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनकोे मूल्य घट्यो, चाँदी बढ्यो
सुनकोे मूल्य घट्यो, चाँदी बढ्यो
मोटरको तार जोडने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
मोटरको तार जोडने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
सबै रेकर्ड तोड्दै सबभन्दा धेरै कमाउने फिल्म बन्यो ‘स्त्री २’
सबै रेकर्ड तोड्दै सबभन्दा धेरै कमाउने फिल्म बन्यो ‘स्त्री २’
प्रचण्डले भने- संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा छ , दाहाल प्रचण्ड
प्रचण्डले भने- संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा छ , दाहाल प्रचण्ड
दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा भर्ती खुल्यो, कोकोले दिन पाउँछन् आवेदन ?
दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा भर्ती खुल्यो, कोकोले दिन पाउँछन् आवेदन ?
सर्लाहीमा सर्प दंशबाट ३ वर्षीय बालकको मृ*त्यु
सर्लाहीमा सर्प दंशबाट ३ वर्षीय बालकको मृ*त्यु
जुम्लाबाट ४१ करोड बढीको स्याउ बिक्री, अघिल्लो वर्षभन्दा २९ करोड कम
जुम्लाबाट ४१ करोड बढीको स्याउ बिक्री, अघिल्लो वर्षभन्दा २९ करोड कम
शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग
शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग
आज देशभरका स्वास्थ्य सेवाहरु बन्द रह्ने- नेपाल चिकित्सक संघ
आज देशभरका स्वास्थ्य सेवाहरु बन्द रह्ने- नेपाल चिकित्सक संघ
सुनचाँदीको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?