दानबहादुर कार्कीले दायर गरेको रिटको सुनुवाइ ९ मंसिरमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर ८, २०८३
|
|
२७ पटक हेरिएको
Shares
दानबहादुर कार्कीले दायर गरेको रिटको सुनुवाइ ९ मंसिरमा

सारांश

  • निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटको सुनुवाइ अब ९ मंसिरमा हुने भएको छ ।
  • सर्वोच्च अदालतका न्यायाधीशद्धय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार ९ मंसिरका लागि पेशी तोकेको हो ।
  • आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गरिएपछि कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

७ मंसिर, काठमाडौं । निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटको सुनुवाइ अब ९ मंसिरमा हुने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्धय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार ९ मंसिरका लागि पेशी तोकेको हो ।

आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गरिएपछि कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटको पहिलो सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । विशेष अग्राधिकार दिँदै ७ मंसिरमा पेशी तोकिएको थियो ।

कार्कीलाई सुरक्षा सल्लाहाकारमा सरुवा गरिएपछि आईजीपीमा बढुवा गरिएका डा. मनोजकुमार केसीले म्याद बुझेको प्रमाण पेस नभएको भन्दै सोमबारको सुनुवाइ अर्को पेशीको मिति तोकेर सकिएको थियो ।

अब भने म्याद बुझेको प्रमाणसहित ९ मंसिरमा अर्को सुनुवाइ हुन सर्वोच्चले भनेको छ ।

१८ कात्तिकमा बसेको मन्त्रीपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहाकारमा सरुवा गरेको थियो । उनको ठाउँमा डा. मनोजकुमार केसीलाई आईजीपी बनाइएको थियो ।

यो निर्णयविरुद्ध कार्कीले कानुनी उपचार खोज्दै सर्वोच्च पुगेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?