माओवादी र समाजवादीसहितको एकता घोषणा कात्तिक २० गते गर्ने निर्णय

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक १६, २०८२
|
|
३९ पटक हेरिएको
Shares
माओवादी र समाजवादीसहितको एकता घोषणा कात्तिक २० गते गर्ने निर्णय

सारांश

  • नेकपा माओवादी केन्द्रले आगामी कार्तिक २० गते एकतामा आउने पार्टीसँग संयुक्त बैठक बसेर एकीकृत पार्टीको संगठनात्मक बिषय टुंगाे लगाउने निर्णय गरेको छ।
  • पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकले एकीकृत समाजवादी लगाएत एकतामा आउने दलहरुको संयुक्त बैठक बसेर संगठनात्मक बिषय टुङ्गो लगाउने निर्णय गरेको हो।
  • त्यसअघि कार्तिक १८ गते मंगलबार माओवादीको केन्द्रीय कमिटी बैठक बसेर एकताको निर्णयलाई अनुमोदन गर्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

१६ कात्तिक, काठमाडाैं।

नेकपा माओवादी केन्द्रले आगामी कार्तिक २० गते एकतामा आउने पार्टीसँग संयुक्त बैठक बसेर एकीकृत पार्टीको संगठनात्मक बिषय टुंगाे लगाउने निर्णय गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकले एकीकृत समाजवादी लगाएत एकतामा आउने दलहरुको संयुक्त बैठक बसेर संगठनात्मक बिषय टुङ्गो लगाउने निर्णय गरेको हो।

त्यसअघि कार्तिक १८ गते मंगलबार माओवादीको केन्द्रीय कमिटी बैठक बसेर एकताको निर्णयलाई अनुमोदन गर्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। सचिवालय बैठकमा पार्टी आन्तरिक संगठनात्मक बिषयका साथै समायोजन, नीतिगत बैचारिक बिषयका साथै एकतापछि नयाँ दल दर्ता गर्ने बिषयमा बढी छलफल भएको उनले बताए। सापकोटाले अहिले देशमा ठूलो संकट देखापरेकाले त्यसलाई सामना गर्न बृहत बामपन्थी एकता अपरिहार्य भएको उल्लेख गरे।

उनले अहिलेको अवस्थामा मुलुकलाई निकास दिनका लागि चूनावमात्रै एकमात्रै बिकल्प भएकाले त्यसमा आफूहरुको ध्यान केन्द्रित रहेको दाबी गरे। एकताप्रति असन्तुष्टि जनाएका नेता जनार्दन शर्मा भने आइतबारको बैठकमा अनुपस्थित भएका थिए। माओवादीले नेकपा एकीकृत समाजवादी, महेन्द्रराय यादवको जसपा, एमालेबाट विद्रोह गरेका प्रेमबहादुर सिंह, राजु कार्कीको नेकपा समाजवादी, सुवास काफ्लेको जनसमाजवादी पार्टीकाबीच एकता गर्न लागेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस सांसदसँग पूर्णबहादुर खड्काले भने– देश र जनताका सवालमा दृढतापूर्वक काम गर्नुस्
कांग्रेस सांसदसँग पूर्णबहादुर खड्काले भने– देश र जनताका सवालमा दृढतापूर्वक काम गर्नुस्
मनसुन सक्रिय, आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना
मनसुन सक्रिय, आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना
च्यासलबाट सरकारका प्रवक्ताले भने- देश चुनावमा होमियो, एमालेले पनि भाग लिन्छ
च्यासलबाट सरकारका प्रवक्ताले भने- देश चुनावमा होमियो, एमालेले पनि भाग लिन्छ
कुलमानसँग भारतीय राजदूतले गरे भेटवार्ता, के भयो कुराकानी ?
कुलमानसँग भारतीय राजदूतले गरे भेटवार्ता, के भयो कुराकानी ?
कोशीको सभामुखमा विष्ट निर्विरोध निर्वाचित
कोशीको सभामुखमा विष्ट निर्विरोध निर्वाचित
सहकारी प्रकरण: गृहमन्त्रीकै कारण सदन अवरोध नहट्ने संकेत
सहकारी प्रकरण: गृहमन्त्रीकै कारण सदन अवरोध नहट्ने संकेत
सर्लाहीमा तुलसी बहादुर श्रेष्ठ नयाँ सिडिओको रूपमा हाजिर
सर्लाहीमा तुलसी बहादुर श्रेष्ठ नयाँ सिडिओको रूपमा हाजिर
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेवको घरमा पनि आगजनी
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेवको घरमा पनि आगजनी
राजावादी आन्दोलनकारीद्वारा नेकपा एसको पार्टी कार्यालय तोडफोड
राजावादी आन्दोलनकारीद्वारा नेकपा एसको पार्टी कार्यालय तोडफोड
एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश
एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश