विश्नोईको नाममा धम्की दिने युवक दुर्गा प्रसाईंबाट परिचालित रहेको सीआईबीको दाबी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर १४, २०८१
|
|
१०५ पटक हेरिएको
Shares
विश्नोईको नाममा धम्की दिने युवक दुर्गा प्रसाईंबाट परिचालित रहेको सीआईबीको दाबी

सारांश

  • भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका व्यक्तिले दुर्गा प्रसाईंबाट परिचालित रहेको खुलेको छ ।
  • प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले झापाको मेचीनगर–१३ का हरिचन्द्र फुँयाललाई बिहीबार पक्राउ गरेको थियो ।
  • उनी झापाकै मेडिकल व्यवसायी दुर्गा प्रसाईबाट परिचालित रहेको सीआईबीले जनाएको छ ।

१४ मंसिर, काठमाडौं । भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका व्यक्तिले दुर्गा प्रसाईंबाट परिचालित रहेको खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले झापाको मेचीनगर–१३ का हरिचन्द्र फुँयाललाई बिहीबार पक्राउ गरेको थियो ।

उनी झापाकै मेडिकल व्यवसायी दुर्गा प्रसाईबाट परिचालित रहेको सीआईबीले जनाएको छ ।सीआईबीबाट जारी विज्ञप्तीमा भनिएको छ, ‘भारतीय आपराधिक समूहको नामबाट व्यवसायीहरूलाई धम्की दिने कार्य दुर्गा प्रसाईंको निर्देशनमा गरेको देखिन्छ । उनी यसअघि समेत विभिन्न कसुरमा संलग्न रही फरार रहेको खुल्न आएको छ ।’ फुँयालले विश्नोईको नाम लिएर विवादास्पद मेडिकल व्यवसायी प्रसाईंसँग माफी माग्न भनेको खुलेको प्रहरीको दाबी छ । झापाको झापाको चारआलीबाट पक्राउ परेर काठमाडौं ल्याएका फुँयालले प्रसाईंसँग माफी नमाग ज्यान समेत जान सक्ने भन्दै धम्की दिएको सीआईबीको दाबी छ ।

‘नेपाली व्यवसायीहरूलाई भारतीय नम्बरबाट फोन तथा म्यासेज गर्दै आफू विश्नोईको सदस्य हुँ भनी प्रसाईंसँग तुरुन्त माफी माग्नु अन्यथा ज्यान जान सक्छ,’ सीआईबीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । पक्राउ परेका फुँयालविरुद्ध आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान हुने भएको छ ।केही समयअघि विश्नोईको नाम लिएर धम्की दिएको भन्दै सीआईबीमा चार व्यवसायीहरूले उजुरी दिएका थिए । भारत र दुबईका नम्बरबाट फोन गर्दै धम्की आएको व्यवसायीको भनाइ थियो । त्यसपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा झापाका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नाम लिएर पनि धम्की आएको खुलेको थियो ।

अहिले झापाबाटै सीआईबीले फुँयाललाई पक्राउ गरेको हो ।जसको नाम लिएर धम्की दिएको भनिएको छ, ती दुवै व्यक्ति जेल र हिरासतमा छन् । प्रसाईंलाई सीआईबीले नै ४ मंसिरमा भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो । उनीमाथि अहिले साइबर ब्यूरोले विद्युतीय कारोबार ऐनको कसुरमा अनुसन्धान गरिरहेको छ । विश्नोई भने अहिले भारतको सबैभन्दा तिहाड जेलमा छन् । उनीमाथि फिरौती असुली र हत्याको आरोप छ । पहिले उनी महाराष्ट्रको सेन्ट्रल जेलमा थिए । पछि जेलभित्रबाटै गिरोह चलाएको खुलेपछि तिहाड जेलमा सारिएका थिए । उनले पटक–पटक भारतीय अभिनेता सलमान खानलाई पनि ज्यान मार्ने धम्की दिने गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्री लेखकद्धारा हैजा संक्रमण उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी
गृहमन्त्री लेखकद्धारा हैजा संक्रमण उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी
सरकारलाई लेखा समितिको निर्देशन- लक्ष्य बनाएरै बेरुजु फर्छ्योट गर्नू
सरकारलाई लेखा समितिको निर्देशन- लक्ष्य बनाएरै बेरुजु फर्छ्योट गर्नू
बङ्गलादेशमा विद्यार्थी आन्दोलनका क्रममा हजारभन्दा धेरैको मृत्यु
बङ्गलादेशमा विद्यार्थी आन्दोलनका क्रममा हजारभन्दा धेरैको मृत्यु
नरवीर नेपालीका ह*त्या आरोपी १४ वर्षपछि पक्राउ
नरवीर नेपालीका ह*त्या आरोपी १४ वर्षपछि पक्राउ
पोखरामा पहिलो पटक नेपाली प्रशिक्षकद्वारा स्काई डाइभिङ
पोखरामा पहिलो पटक नेपाली प्रशिक्षकद्वारा स्काई डाइभिङ
शिक्षा मन्त्री रघुजी पन्तले लिए सपथ
शिक्षा मन्त्री रघुजी पन्तले लिए सपथ
लुम्बिनी प्रदेशमा चार सयभन्दा बढी सिँचाइ पूर्वाधार निर्माण
लुम्बिनी प्रदेशमा चार सयभन्दा बढी सिँचाइ पूर्वाधार निर्माण
लुम्बिनी लायन्सलाई विराटनगर किंग्सको १४५ रनको लक्ष्य
लुम्बिनी लायन्सलाई विराटनगर किंग्सको १४५ रनको लक्ष्य
मलंगवा नगरपालिकाले चार करोड खर्च गरेर बनाएको भवन अलपत्र
मलंगवा नगरपालिकाले चार करोड खर्च गरेर बनाएको भवन अलपत्र
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ