Press 4K
बुधबार, ३१ आषाढ २०८३

‘शून्य बाँकी फाइल अभियान’ चैत ३० देखि वैशाख ७ सम्म सञ्चालन हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र २८, २०८२
|
|
१३५ पटक हेरिएको
Shares
‘शून्य बाँकी फाइल अभियान’ चैत ३० देखि वैशाख ७ सम्म सञ्चालन हुने

सारांश

  • सरकारले सरकारी कार्यालयमा लामो समयदेखि थन्किएका फाइल छिटो टुंग्याउने उद्देश्यसहित ‘शून्य बाँकी फाइल सप्ताह अभियान’ सञ्चालन गर्ने भएको छ ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गर्दै ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८२’ सार्वजनिक गरेको हो ।
  • अभियानमार्फत कार्यालयमा दर्ता भएका फाइल तथा टिप्पणीहरू विभिन्न तहमा अनावश्यक रूपमा रोकिँदा सेवा प्रवाह ढिलाइ हुने समस्या अन्त्य गर्ने लक्ष्य राखिएको छ ।

 

२८ चैत, काठमाडौं ।

सरकारले सरकारी कार्यालयमा लामो समयदेखि थन्किएका फाइल छिटो टुंग्याउने उद्देश्यसहित ‘शून्य बाँकी फाइल सप्ताह अभियान’ सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गर्दै ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८२’ सार्वजनिक गरेको हो ।

अभियानमार्फत कार्यालयमा दर्ता भएका फाइल तथा टिप्पणीहरू विभिन्न तहमा अनावश्यक रूपमा रोकिँदा सेवा प्रवाह ढिलाइ हुने समस्या अन्त्य गर्ने लक्ष्य राखिएको छ । साथै, अनावश्यक रूपमा फाइल माथिल्लो तहमा पठाउने प्रवृत्ति रोक्दै निर्णय प्रक्रिया छिटो र प्रभावकारी बनाउने उद्देश्य रहेको कार्यालयले जनाएको छ । मार्गदर्शनअनुसार कुनै पनि फाइल अनिश्चित रूपमा अड्किन नपाउने, जिम्मेवारी स्पष्ट हुने र काम हुने वा नहुने विषय समयमै टुंगो लगाउनुपर्ने व्यवस्था गरिएको छ । त्यसैगरी, कार्यालयहरूले दैनिक रूपमा फाइल ट्रयाकिङ प्रणाली अद्यावधिक गर्नुपर्नेछ, जसमा फाइलको दर्ता मिति, हाल रहेको जिम्मेवार तह, ढिलाइको कारण र अपेक्षित निर्णय मिति उल्लेख गर्नुपर्नेछ ।

तीन दिनभन्दा बढी एकै टेबलमा रोकिएका फाइलमा शाखा प्रमुखले अनिवार्य समीक्षा गरी निर्णय प्रक्रिया अघि बढाउनुपर्नेछ । सात दिनभन्दा बढी रोकिएका फाइलमा महाशाखा वा कार्यालय प्रमुख स्तरबाट अनिवार्य समीक्षा गर्नुपर्ने व्यवस्था पनि गरिएको छ । सरकारले यस अभियानलाई प्रभावकारी बनाउन समन्वय समिति समेत गठन गरेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी आन्दोलनमा मृ*त्यु हुनेको संख्या ७२ पुग्यो
जेनजी आन्दोलनमा मृ*त्यु हुनेको संख्या ७२ पुग्यो
मधेशमा निर्वाचन आचारसंहिता कागजमै सीमित, दलहरूद्वारा खुला उल्लङ्घन जारी
सुर्खेतमा एमाले मतगणनास्थलमा तोडफोड
सुर्खेतमा एमाले मतगणनास्थलमा तोडफोड
लुक्लामा १० दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा
लुक्लामा १० दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा
माओवादी केन्द्रको बैठक बस्दै
माओवादी केन्द्रको बैठक बस्दै
सरकारले आन्दोलित शिक्षकका कुरा सुन्छ : प्रधानमन्त्री
सरकारले आन्दोलित शिक्षकका कुरा सुन्छ : प्रधानमन्त्री
समृद्ध देश भावी पुस्तालाई जिम्मा लगाउन राप्रपाले लिएको बाटोको विकल्प छैन : अध्यक्ष लिङ्देन
समृद्ध देश भावी पुस्तालाई जिम्मा लगाउन राप्रपाले लिएको बाटोको विकल्प छैन : अध्यक्ष लिङ्देन
सञ्चालनमा आयो खुर्कोटको बेलिबृज
सञ्चालनमा आयो खुर्कोटको बेलिबृज
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना, तराईमा हावाहुरी
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना, तराईमा हावाहुरी
बहुदलीय व्यवस्थाका पिल्लर, दलहरुको गतिविधिलाई नियन्त्रण गरेर चुनाव हुन सक्दैन्’
बहुदलीय व्यवस्थाका पिल्लर, दलहरुको गतिविधिलाई नियन्त्रण गरेर चुनाव हुन सक्दैन्’

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...