महोत्तरीमा बालेनको पुर्ख्यौली घरमा तोडफोड गरिएको भिडिओ, सत्यता के हो?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २, २०८२
|
|
१४ पटक हेरिएको
Shares
महोत्तरीमा बालेनको पुर्ख्यौली घरमा तोडफोड गरिएको भिडिओ, सत्यता के हो?

सारांश

  • सामाजिक सञ्जालमा अहिले काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’को महोत्तरीस्थित पुर्ख्यौली घरमा तोडफोड गरिएको भन्दै एउटा भिडिओ भाइरल छ।
  • जेनजी आन्दोलनपछि मुलुकमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर अन्तरिम सरकार गठन भएका बेला उक्त भिडिओ सार्वजनिक भएको हो।
  • जेनजी आन्दोलनमा मेयर बालेनले पनि समर्थन गरेका थिए भने सुरुमा आन्दोलनकारीले उनैलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए।

२ असोज, काठमाडौं ।

सामाजिक सञ्जालमा अहिले काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’को महोत्तरीस्थित पुर्ख्यौली घरमा तोडफोड गरिएको भन्दै एउटा भिडिओ भाइरल छ। जेनजी आन्दोलनपछि मुलुकमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर अन्तरिम सरकार गठन भएका बेला उक्त भिडिओ सार्वजनिक भएको हो।

जेनजी आन्दोलनमा मेयर बालेनले पनि समर्थन गरेका थिए भने सुरुमा आन्दोलनकारीले उनैलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए। तर उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति गरेका थिए। यसैबीच मेयर बालेनलाई ‘विदेशीबाट परिचालित भन्दै’ महोत्तरीको एकडारा गाउँपालिका वडा नम्बर २ स्थित उनको पुर्ख्यौली घरमा तोडफोड भनेर सामाजिक सञ्जालमा भिडिओ भाइरल पारिएको हो।  यस विषयमा बिहीबार बिहान महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी शैलेन्द्र भट्टसँग त्यो कुरा झुटो भएको बताए।

‘हामीले पनि सामाजिक सञ्जालमा भिडिओ देख्यौँ, त्यसपछि उहाँको घरमा गयौँ, तर पछिल्लो समय उनको घरमा कुनै तोडफोड भएको छैन, त्यो भिडिओ अहिलेको होइन’, उनले भने। डीएसपी भट्टका अनुसार त्यो भिडिओ पहिलेकै कुनै बेलाको हो।  ‘तर त्यो कहिलेको र कुन सन्दर्भमा थियो भन्ने कुरा हामीलाई थाहा भएन’, उनले  भने, ‘तर त्यो पछिल्लो समय (जेनजी आन्दोलनपछि) को होइन, हाल त्यहाँ केही पनि भएको छैन।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?