प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १३, २०८३
|
|
७३ पटक हेरिएको
Shares
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

सारांश

  •   कप्तानगन्ज घटनालाई लिएर प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
  •   प्रधानमन्त्री शाहले बुधबार दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
  • सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ।

 

१३ साउन, काठमाडौं । 

कप्तानगन्ज घटनालाई लिएर प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।  प्रधानमन्त्री शाहले बुधबार दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ।

सुनसरीको देवानगन्ज नगरपालिका-३ स्थित कप्तानगन्ज बजारमा दुई समुदायबीच भएको विवाद बढ्दै जाँदा झडप भएको थियो। झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ। त्यसयता कप्तानगन्ज र आसपासको क्षेत्रका झडप हुँदै आएको छ। स्थानीय प्रशासनले आसपासको क्षेत्रमा कर्फ्यू लगाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?