प्रहरी प्रभाग हरिसिद्धीबाट लुटिएको पेस्तोल र गोलीसहित एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन ६, २०८२
|
|
४३ पटक हेरिएको
Shares
प्रहरी प्रभाग हरिसिद्धीबाट लुटिएको पेस्तोल र गोलीसहित एक जना पक्राउ

सारांश

  • ललितपुरस्थित प्रहरी प्रभाग हरिसिद्धीबाट लुटिएको पेस्तोल र १३ राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–३ घर भएका २४ वर्षीय दीपक राई छन् ।
  • उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले ललितपुरको ठैबबाट पक्राउ गरेको हो ।

६ असोज, काठमाडौं ।

ललितपुरस्थित प्रहरी प्रभाग हरिसिद्धीबाट लुटिएको पेस्तोल र १३ राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–३ घर भएका २४ वर्षीय दीपक राई छन् । उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले ललितपुरको ठैबबाट पक्राउ गरेको हो ।

जेनजी आन्दोलनको क्रममा उनले उक्त प्रहरी कार्यालयमा लुटपाट गरेको आरोप छ । प्रहरीले उनको कोठाबाट २ थान पेस्तोल, २ थान म्याग्जिन र १३ राउण्ड गोली बरामद गरेको हो । पक्राउ परेका उनीविरुद्ध हातहतियार ताथ खरखजनाको कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?