Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बाँकेमा २२ आगलागीका घटना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १, २०८२
|
|
४० पटक हेरिएको
Shares
बाँकेमा २२ आगलागीका घटना

सारांश

  • बारुणयन्त्र नियन्त्रण शाखा, नेपालगञ्जले दिएको जानकारी अनुसार सबैभन्दा बढी १६ वटा घटना विद्युत् सर्ट हुँदा भएका हुन् ।
  • नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागी सबैभन्दा ठूलो घटना हो ।
  • सो आगलागीबाट रु एक करोड बराबरको औषधिजन्य सामग्री जलेर क्षति भएको अस्पताल विकास समितिका सदस्य डा डक्ट धितालले जानकारी दिनुभयो ।

 

१ जेठः बाँके :

वैशाखमा जिल्लाका विभिन्न २२ स्थानमा आगलागीका घटना भएका छन् । बारुणयन्त्र नियन्त्रण शाखा, नेपालगञ्जले दिएको जानकारी अनुसार सबैभन्दा बढी १६ वटा घटना विद्युत् सर्ट हुँदा भएका हुन् । नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागी सबैभन्दा ठूलो घटना हो । सो आगलागीबाट रु एक करोड बराबरको औषधिजन्य सामग्री जलेर क्षति भएको अस्पताल विकास समितिका सदस्य डा डक्ट धितालले जानकारी दिनुभयो । बारुण नियन्त्रण शाखाका इन्चार्ज झैनबहादुर खड्काले डुडुवा गाउँपालिकामा दुई, जानकी गाउँपालिकामा दुई, राप्तीसोनारी गाउँपालिकामा एक र कोहलपुर नगरपालिकामा एक आगलागीका घटना भएका

जानकारी दिँदै यी जिल्लामा भएका ठूला घटना रहेका उल्लेख गर्नुभयो । उहाँले विद्युत् अनियमितताका कारण अधिकांश ठाउँमा आगलागीका घटना भएका उल्लेख गर्दै मानवीय क्षति भने नभएको बताउनुभयो । पर्याप्त मात्रामा वर्षा नहुनु, सुख्खा बढ्नुलगायत कारणले आगलागीको जोखिम बढेको भन्दै इन्चार्ज खड्काले घटनाको खबर हुनासाथ दमकल घटनास्थलतर्फ पुग्ने गरेकाले मानवीय क्षति नभएको दाबी गर्नुभयो । उहाँले नेपालगञ्जमा लागेका आगलागीमध्ये दोस्रो ठूलो क्षति भएको घटना रुचिवैश्यको भेरी कर्णाली सप्लायर्सको रहेको उल्लेख गर्नुभयो । नेपालगञ्ज–२२ पुरैनामा भएको उक्त आगलगीमा करिब रु ५० लाख बराबरको सिरक तथा डसना जलेर नष्ट भएको थियो । सो आगलागी नियन्त्रणमा ल्याउन करिब पाँच घण्टा लागेको बारुणयन्त्रका इन्चार्ज खड्काले जानकारी दिनुभयो । वैशाखमा मात्रै भएका विभिन्न आगलागीका घटनामा आगो नियन्त्रणमा ल्याउन एक घण्टा ४५ मिनेटदेखि पाँच घण्टासम्म समय लागेको उहाँले बताउनुभयो । कार्यालयले पानी भरेर तीन बारुणयन्त्र तयारी अवस्थामा राखेको जनाउँदै उहाँले एउटा फायर बाइकसमेत तयारी अवस्थामा रहेको बताउनुभयो । उहाँले कतिपय आगलागी गहुँबाली र उखुबालीमा भएको जानकारी दिँदै आगलागीका घटना हुन नदिन सबै सचेत हुनुपर्ने भन्दै भइहाले सजगता अपनाउन स्थानीयलाई आग्रह गर्नुभयो । —

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेन–जी आन्दोलनमा कर्णाली प्रदेशसभामा करोडौको क्षती
जेन–जी आन्दोलनमा कर्णाली प्रदेशसभामा करोडौको क्षती
गुल्सन झालाई अप्सरा आचार्य फाउण्डेसनको नगदसहित सम्मान
गुल्सन झालाई अप्सरा आचार्य फाउण्डेसनको नगदसहित सम्मान
१५ मिनेटका लागि स्थगित संसद् बैठक एक घण्टा बित्दा पनि सुरू भएन ?
१५ मिनेटका लागि स्थगित संसद् बैठक एक घण्टा बित्दा पनि सुरू भएन ?
उपकुलपतिहरूलाई प्रधानमन्त्री बालेनले भने– अफ्ठ्यारोमा सहयोग गर्छु
उपकुलपतिहरूलाई प्रधानमन्त्री बालेनले भने– अफ्ठ्यारोमा सहयोग गर्छु
आज यी प्रदेशमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
आज यी प्रदेशमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
कोसीसहित १३ नदीले गर्‍यो सतर्कता तह पार, आसपासका क्षेत्रमा उच्च खतरा
महोत्तरीमा विद्यालय बस दुर्घटना, जना घाइते
महोत्तरीमा विद्यालय बस दुर्घटना, जना घाइते
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकुलता खोज्न जरुरीः प्रधानन्यायाधीश राउत
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकुलता खोज्न जरुरीः प्रधानन्यायाधीश राउत
उत्तर प्रदेशमा निर्माणाधीन पुल भत्किँदा ६ जनाको मृ*त्यु
उत्तर प्रदेशमा निर्माणाधीन पुल भत्किँदा ६ जनाको मृ*त्यु
राष्ट्रपति जापानको औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता
राष्ट्रपति जापानको औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता