Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

एमसीसी खारेज गरी समयको सम्मान गरियोस् : हर्क साम्पाङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १९, २०८२
|
|
४७ पटक हेरिएको
Shares
एमसीसी खारेज गरी समयको सम्मान गरियोस् : हर्क साम्पाङ

सारांश

  • श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सांसद हर्क साम्पाङले बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सदन र सरकारमा समय व्यवस्थापन र जनताका मागप्रति गम्भीर ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
  • साम्पाङले आफूले आफैंलाई परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्दै समयको मूल्य बुझ्नुपर्ने बताएका छन् ।
  • उनले भने, ‘सबैभन्दा पहिले आफूले आफैंलाई परिवर्तन गर्नुपर्छ ।

१९ चैत,काठमाडौं ।

श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सांसद हर्क साम्पाङले बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सदन र सरकारमा समय व्यवस्थापन र जनताका मागप्रति गम्भीर ध्यान दिनुपर्नेमा जोड दिएका छन् । साम्पाङले आफूले आफैंलाई परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्दै समयको मूल्य बुझ्नुपर्ने बताएका छन् ।

उनले भने, ‘सबैभन्दा पहिले आफूले आफैंलाई परिवर्तन गर्नुपर्छ । अघिल्लो सपथ ग्रहणको दिन पनि १२ मिनेट ४६ सेकेण्ड ढिलो थियौं भने आज १६ मिनेट ५५ सेकेण्ड हामी ढिलो भएका छौं । जनताले हामीलाई यसरी ढिलो गर भनेर पठाएको हो जस्तो लागेन । त्यसैले प्रत्येक मिनेटको महत्व यो सदनले बुझोस्, सरकारले बुझोस्, हामी सबैले बुझौं । नेपाली हो, नेपाली समय २ बजेको बैठक ३ बजे जाँदा पनि हुन्छ, जे गर्दा नि हुन्छ भनेर भाष्य मनमा लिएर बसेका छौं, त्यो नै उन्नति गर्न नसक्नुको मुख्य कारण हो।

साथै उनले एमसीसी खारेज गर्न माग गरेका छन् । उनले सैन्य रणनीति उद्देश्यका साथ सुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धी अमेरिकी सहायता परियोजना एमसीसी खारेजी गर्नुपर्ने बताए । उनले भने, ‘म आफनो मन्तव्य राख्नुभन्दा पनि सरकारले कसो गर्नुपर्ने हो । म जनताको मागहरु जनताले चाहेका कुराहरु के कस्ता छन् भन्ने कुरा बुँदागत रुपमा बाचन गर्न चाहन्छु । पृथ्वी रहिरहुन्जेलसम्म यो देश रहनुपर्छ । हाम्रो देशको अंकित झण्डा रहिरहनुपर्छ । यो मान्यता राख्दर्छौं । देशको स्वाधिनता र असंलग्न परराष्ट्र नीतिलाई बचाइ राख्न सैन्य रणनीति उद्देश्यका साथ सुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धी एमसीसी खारेज गर्नुपर्छ भनेर माग गर्दछु ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भन्सार नियमावली आज मन्त्रिपरिषद्मा जान्छः अर्थमन्त्री खनाल
भन्सार नियमावली आज मन्त्रिपरिषद्मा जान्छः अर्थमन्त्री खनाल
नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा आवश्यकः राष्ट्रपति
नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा आवश्यकः राष्ट्रपति
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
विपिनको रिहाइका लागि कतारका विशेष दूतसँग परराष्ट्रमन्त्री राणाको आग्रह
विपिनको रिहाइका लागि कतारका विशेष दूतसँग परराष्ट्रमन्त्री राणाको आग्रह
आईपीएल फाइनल भागदौड घटना: रोयल च्यालेन्जर्स बेंगलुरुका मार्केटिङ प्रमुखसहित ३ जना पक्राउ
आईपीएल फाइनल भागदौड घटना: रोयल च्यालेन्जर्स बेंगलुरुका मार्केटिङ प्रमुखसहित ३ जना पक्राउ
बीपी राजमार्ग १४ दिनपछि एकतर्फी खुल्यो
बीपी राजमार्ग १४ दिनपछि एकतर्फी खुल्यो
बालेनविरुद्ध युवा संघले दियो साइबर ब्यूरोमा उजुरी
बालेनविरुद्ध युवा संघले दियो साइबर ब्यूरोमा उजुरी
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
विरोधकै बीच नीति तथा कार्यक्रम पास गर्ने सरकारको तयारी
विरोधकै बीच नीति तथा कार्यक्रम पास गर्ने सरकारको तयारी