सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

raju raju
|
मंगलबार, बैशाख २२, २०८३
|
|
३४६ पटक हेरिएको
Shares
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

सारांश

  • सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
  • जिल्लाको बागमती नगरपालिका–२ स्थित धरहरा चौकमा नयाँ रोड–बरहथवा सडक खण्डमा सोमबार साँझ भएको दुर्घटनामा स्थानीय अन्दाजी ७५ वर्षीय हरि बहादुर अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम डिएसपी सरोज राईका अनुसार नयाँ रोडबाट बरहथवातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बीआर ३३ बीएफ ७८२१ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका अधिकारीलाई करिब साँझ ६ बजे ठक्कर दिएको थियो ।

२२ वैशाख, सर्लाही ।

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । जिल्लाको बागमती नगरपालिका–२ स्थित धरहरा चौकमा नयाँ रोड–बरहथवा सडक खण्डमा सोमबार साँझ भएको दुर्घटनामा स्थानीय अन्दाजी ७५ वर्षीय हरि बहादुर अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम डिएसपी सरोज राईका अनुसार नयाँ रोडबाट बरहथवातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बीआर ३३ बीएफ ७८२१ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका अधिकारीलाई करिब साँझ ६ बजे ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीरगन्ज लगिएकोमा पछि बारा स्थित एलएस न्युरो अस्पताल पुर्‍याइएको थियो । त्यहाँ चिकित्सकले साँझ ७ बजे मृत घोषणा गरेका थिए ।

दुर्घटनापछि मोटरसाइकल प्रहरी चौकी ढुङ्ग्रेखोलाको नियन्त्रणमा रहेको छ भने चालक गोडैता नगरपालिका–२ का अन्दाजी २० वर्षीय शिवम कुशवाहालाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३ वर्षपछि राजस्व कार्यालय जनकपुरले पूरा गर्‍यो लक्ष्य
३ वर्षपछि राजस्व कार्यालय जनकपुरले पूरा गर्‍यो लक्ष्य
सरकारले नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने तयारी
सरकारले नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने तयारी
बाढीप्रभावित बालबालिकाको फोटो-भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न अपिल
बाढीप्रभावित बालबालिकाको फोटो-भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न अपिल
पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको छ : सदस्य सचिव पन्थ
पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको छ : सदस्य सचिव पन्थ
जसपा नेपालको केन्द्रीय प्रचार विभाग बैठक बस्दै
जसपा नेपालको केन्द्रीय प्रचार विभाग बैठक बस्दै
सबैको रेकर्ड तोड्दै पुष्पाः२ ले पहिलो दिनमा कमायो झन्डै तीन सय करोड
सबैको रेकर्ड तोड्दै पुष्पाः२ ले पहिलो दिनमा कमायो झन्डै तीन सय करोड
भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै
भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै
रास्वपाले एकतर्फि रुपमा सहमति भंग गर्यो : कुलमान
रास्वपाले एकतर्फि रुपमा सहमति भंग गर्यो : कुलमान
महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन
महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन
२८ सय बिन्दुमाथि एकदिन पनि टिक्न सकेन नेप्से, कारोबार रकम भने बढ्यो
२८ सय बिन्दुमाथि एकदिन पनि टिक्न सकेन नेप्से, कारोबार रकम भने बढ्यो