बाढीप्रभावित बालबालिकाको फोटो-भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न अपिल

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १६, २०८३
|
|
७७ पटक हेरिएको
Shares
बाढीप्रभावित बालबालिकाको फोटो-भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न अपिल

सारांश

  • भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट पीडित तथा प्रभावित बालबालिकाको फोटो र भिडियो सामाजिक सञ्जाल एवं सञ्चार माध्यममा पोस्ट नगर्न राष्ट्रिय बाल अधिकार परिषद्ले अपिल गरेको छ।
  •   परिषद्का अधिकृत तथा सूचना अधिकारी रामबहादुर चन्दले सोमबार विज्ञप्ति जारी गर्दै यस विषयमा ध्यानाकर्षण गराएका हुन्।
  •   गत बुधबार आएको बाढीका कारण प्रभावित बालबालिकाको उद्धार, राहत, सहयोग तथा अन्य सेवा उपलब्ध गराएका दृश्यहरू सामाजिक सञ्जालमा राख्न नहुने विज्ञप्तिमा उल्लेख छ।

१६ भदौ, काठमाडौं ।

भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट पीडित तथा प्रभावित बालबालिकाको फोटो र भिडियो सामाजिक सञ्जाल एवं सञ्चार माध्यममा पोस्ट नगर्न राष्ट्रिय बाल अधिकार परिषद्ले अपिल गरेको छ।  परिषद्का अधिकृत तथा सूचना अधिकारी रामबहादुर चन्दले सोमबार विज्ञप्ति जारी गर्दै यस विषयमा ध्यानाकर्षण गराएका हुन्।  गत बुधबार आएको बाढीका कारण प्रभावित बालबालिकाको उद्धार, राहत, सहयोग तथा अन्य सेवा उपलब्ध गराएका दृश्यहरू सामाजिक सञ्जालमा राख्न नहुने विज्ञप्तिमा उल्लेख छ।

फेसबुक, मेसेन्जर, युट्युब, टिकटक, इन्स्टाग्राम, मेटा, लिङ्क्डइन, थ्रेड, स्न्यापच्याट, भाइबर, ह्वाट्सएप, एक्स (ट्विटर) लगायतका कुनै पनि सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा त्यस्ता सामग्री सार्वजनिक नगर्न परिषद्ले आग्रह गरेको छ।  बालबालिकाको गोपनीयता र मर्यादाको सम्मान तथा पालना गर्नु प्रत्येक व्यक्ति र संस्थाको कर्तव्य रहेको परिषद्ले स्पष्ट पारेको छ। कुनै पनि व्यक्ति वा संस्थाले पीडित तथा प्रभावित बालबालिकाको भिडियो तथा फोटोहरू पोस्ट नगर्न र गराउन परिषद्ले आग्रह गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?