तीव्र गतिको माइक्रोले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष १६, २०८१
|
|
४२ पटक हेरिएको
Shares
तीव्र गतिको माइक्रोले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

सारांश

  • सोमबार साँझ लललिपुर महानगरपालिका १८ सिकाली चाेकमा बा ३ ख ३१०२ नम्बरको माइक्रो बसले ठक्कर दिँदा सडक किनारमा पैदल हिँडिरहेकी ३५ वर्षीया गोमा लुंगेली मगरको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरीका प्रवक्ता एसपी रन्जय राउतले जानकारी दिए।
  • रामेछाप जिल्लाको रामेछाप नगरपालिका- ७ स्थायी घर भइ हाल ललितपुरकै मगरगाउँ बस्दै आएकी लुंगेलीको उपचारको क्रममा मृत्यु भएको हो।
  • लापरबाहीपूर्ण ढंगले तीव्र गतिमा चलाइएको माइक्रो सुरुमा बिजुलीको पोलमा ठोकिएको थियो।

१६ पुस, ललितपुरको भैँसीपाटीमा माइक्रो बसको ठक्करबाट एकजना पैदलयात्री महिलाको मृत्यु भएको छ। सोमबार साँझ लललिपुर महानगरपालिका १८ सिकाली चाेकमा बा ३ ख ३१०२ नम्बरको माइक्रो बसले ठक्कर दिँदा सडक किनारमा पैदल हिँडिरहेकी ३५ वर्षीया गोमा लुंगेली मगरको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरीका प्रवक्ता एसपी रन्जय राउतले जानकारी दिए।

रामेछाप जिल्लाको रामेछाप नगरपालिका- ७ स्थायी घर भइ हाल ललितपुरकै मगरगाउँ बस्दै आएकी लुंगेलीको उपचारको क्रममा मृत्यु भएको हो। लापरबाहीपूर्ण ढंगले तीव्र गतिमा चलाइएको माइक्रो सुरुमा बिजुलीको पोलमा ठोकिएको थियो। ‘बिजुलीको पोलमा ठोक्किएर अनियन्त्रित भएको माइक्रोले पैदल हिँडिरहेकी महिलालाई ठक्कर दिँदा घटना भएको हो,’ एसपी राउतले भने।

दुर्घटनामा गम्भीर घाइते गोमाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो। उक्त माइक्रोले नजिकै रोकिराखेको बा ७ च ५९८७ नम्बरको बोलेरोलाई पनि ठक्कर दिएर क्षति पुर्‍याएकाे एसपी राउतले बताए। बोलेरोमा ठोकिएपछि उक्त माइक्रोले एउटा पसलमा समेत क्षति पुर्‍याएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन को शुभकामना आदानप्रदान
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन को शुभकामना आदानप्रदान
भ्यू प्वाइन्टनजिकै फेरि अर्को दुर्घटनाः मोटरसाइकल ६० मिटर तल खस्यो, दुई युवाको गयो ज्यान
भ्यू प्वाइन्टनजिकै फेरि अर्को दुर्घटनाः मोटरसाइकल ६० मिटर तल खस्यो, दुई युवाको गयो ज्यान
जेनजीसँग वार्ता मिलाउँदा मिलाउँदै प्रधानमन्त्रीको टाईमपास भइरहेको छ :दुर्गा प्रसाईँ
जेनजीसँग वार्ता मिलाउँदा मिलाउँदै प्रधानमन्त्रीको टाईमपास भइरहेको छ :दुर्गा प्रसाईँ
नेप्सेमा सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि बजार बन्द
नेप्सेमा सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि बजार बन्द
काठमाडौं महानगरको २५ अर्ब ८८ करोड बजेट प्रस्ताव
काठमाडौं महानगरको २५ अर्ब ८८ करोड बजेट प्रस्ताव
मलाई नजरबन्दमा राख्नेसम्मको योजना बुनिँदैछ, म डराउँदिनँ, दुर्गा प्रसाईं
मलाई नजरबन्दमा राख्नेसम्मको योजना बुनिँदैछ, म डराउँदिनँ, दुर्गा प्रसाईं
छुट्टै राज्यको माग गर्दै भारतको लद्दाखमा चर्कियो प्रदर्शन, भाजपाको कार्यालयमा आगजनी
छुट्टै राज्यको माग गर्दै भारतको लद्दाखमा चर्कियो प्रदर्शन, भाजपाको कार्यालयमा आगजनी
बालुवाटारमा माओवादीको आकस्मिक बैठक जारी
बालुवाटारमा माओवादीको आकस्मिक बैठक जारी
उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त
उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त
लुटिएका सामान फिर्ता गर्न संसद् सचिवालयको आग्रह
लुटिएका सामान फिर्ता गर्न संसद् सचिवालयको आग्रह