सरकारको ज्यादती बढ्यो, दशैं तिहारपछि सडक आन्दोलनमा जान्छौँ : प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन २, २०८३
|
|
८७ पटक हेरिएको
Shares
सरकारको ज्यादती बढ्यो, दशैं तिहारपछि सडक आन्दोलनमा जान्छौँ : प्रचण्ड

सारांश

  • नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दश तिहारपछि सरकारविरुद्ध आन्दोलनको तयारी भइरहेको बताएका छन्।
  • अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै सरकारप्रति जनआक्रोश बढ्दै गएको बताए।
  • उनले भने, ‘हामी बिस्तारै सदनभित्र सबै प्रतिपक्षहरूलाई एक ठाउँमा पारेका छौँ।

काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दश तिहारपछि सरकारविरुद्ध आन्दोलनको तयारी भइरहेको बताएका छन्। अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै सरकारप्रति जनआक्रोश बढ्दै गएको बताए। उनले भने, ‘हामी बिस्तारै सदनभित्र सबै प्रतिपक्षहरूलाई एक ठाउँमा पारेका छौँ। त्यहाँ संयुक्त रूपले आवाज उठाउँछौँ। सरकारले सुकुम्वासी, मजदुर, किसान, विद्यार्थी, बुद्धिजीवी, ट्रेड युनियन या मजदुर आन्दोलनका सबै सहयात्रीहरूमाथि पनि अहिलेको तथाकथित नयाँ भनिएको सरकारले दमन सुरु गरेको छ, ज्यादती र अत्याचार गरेको छ।

त्यसका विरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ। हामी त्यसको पनि तयारीमा छौँ।’ उनले विभिन्न पार्टीसँग, बुद्धिजीवीसँग, नागरिक समाजसँग लगातार छलफल भइरहेको बताए। उनले थपे, ‘नेपालमा ठूला–ठूला चाडपर्वको अगाडि छौँ। चाडपर्वका यो अवधिभित्र पनि हामीले तयारीका कामलाई अगाडि बढाउँछौँ। चाडपर्व पछिको देशको परिस्थिति हेरेर प्रतिक्रान्तिकारी षड्यन्त्रका विरुद्ध प्रतिवाद र एउटा नयाँ आन्दोलन सृष्टि गर्नुछ।’ उनले जिम्मेवारीपूर्वक ठूलो छाती बनाएर सबैलाई समेट्नुपर्ने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छलफलमा जुट्दै सभामुख र प्रमुख सचेतकहरू
छलफलमा जुट्दै सभामुख र प्रमुख सचेतकहरू
भिजिट भिसा प्रकरण : पाँच दिनभित्र छानबिन संयन्त्र बनाउने एमालेको प्रतिबद्धता
भिजिट भिसा प्रकरण : पाँच दिनभित्र छानबिन संयन्त्र बनाउने एमालेको प्रतिबद्धता
स्टाफ कलेज कोर्सले प्रहरीमा असल नेतृत्व निर्माण गर्नेछ: गृहमन्त्री लेखक
स्टाफ कलेज कोर्सले प्रहरीमा असल नेतृत्व निर्माण गर्नेछ: गृहमन्त्री लेखक
बागमतीमा दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्याेल
बागमतीमा दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्याेल
सप्तरीमा १४१ किलो गाँजासहित दुई जना पक्राउ
सप्तरीमा १४१ किलो गाँजासहित दुई जना पक्राउ
नेपाल प्रहरीका २० जना डीएसपीहरूको काज सरूवा, चार जिल्लाका इन्चार्ज फेरिए
नेपाल प्रहरीका २० जना डीएसपीहरूको काज सरूवा, चार जिल्लाका इन्चार्ज फेरिए
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
बसको झ्यालबाट टाउको निकाल्दा गेटमा ठोक्किएर किशोरीको मृ*त्यु
बसको झ्यालबाट टाउको निकाल्दा गेटमा ठोक्किएर किशोरीको मृ*त्यु
सुनसरी गोली काण्ड : पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन समिति गठन
सुनसरी गोली काण्ड : पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन समिति गठन
सेयर बजारका सबै सूचक घटे, नेप्से २६२७ अंकमा
सेयर बजारका सबै सूचक घटे, नेप्से २६२७ अंकमा