सुन तस्करीमा डिजिटल वालेट : १ अर्ब २० करोड कारोबार गर्ने एजेन्ट बाराबाट पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ३, २०८१
|
|
२२ पटक हेरिएको
Shares
सुन तस्करीमा डिजिटल वालेट : १ अर्ब २० करोड कारोबार गर्ने एजेन्ट बाराबाट पक्राउ

सारांश

  • सुन तस्करी र हुण्डीको कारोबारमा जोडिएको आरोपमा थप एक जना पक्राउ परेका छन् ।
  • प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोमबार बाराबाट एक जनालाई पक्राउ गरेको हो ।
  • पक्राउ पर्नेमा बाराको पशुपति ट्रेड कन्सर्नका सञ्चालक अरुणकुमार यादव छन् ।

 

३ असार, काठमाडौं । सुन तस्करी र हुण्डीको कारोबारमा जोडिएको आरोपमा थप एक जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोमबार बाराबाट एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराको पशुपति ट्रेड कन्सर्नका सञ्चालक अरुणकुमार यादव छन् । यादवले एक वर्षको अवधिमा १ अर्ब २० करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार गरेको सीआईबी स्रोतले जनाएको छ । उनले पेवेलमार्फत १ अर्ब १७ करोड ३२ लाख र सजिलो पेमार्फत् ३ करोड ३८ लाखको कारोबार गरेको सीआईबीले जनाएको छ । उनी पेवेल र सजिलो भुक्तानी सेवाका बारास्थित एजेन्ट हुन् । उनी पक्राउ परेसँगै पेवेल र सजिलो पेका सञ्चालक, कर्मचारी र एजेन्ट गरी पक्राउ पर्नेको संख्या ७ पुगेको छ । यसअघि पेवेलका एजेन्ट बुटवलस्थित जेके मनी ट्रान्सफरका सञ्चालक लालबहादुर कुँवर पक्राउ परेका थिए । उनले एक वर्षको अवधिमा ३ अर्ब ३४ करोडको कारोबार गरेको भेटिएको थियो । हेर्दा सामान्य देखिने र वैध कारोबार पनि न्यून रहेको उक्त मनी ट्रान्सफरले एक वर्ष अवधिमा झण्डै साढे ३ अर्बको कारोबार गरेको पाइएपछि सीआईबीले उनलाई पक्राउ गरेको थियो ।

त्यसअघि सीआईबीले एकै दिन सजिलो पेवेलका दुई वटा भुक्तानी सेवाका ६ जनालाई पक्राउ गरेको थियो । २५ जेठमा सीआईबीले पेवेलका अध्यक्ष भीमप्रसाद तिमिल्सिना, सहायक कार्यकारी अधिकृत प्रज्वल आचार्य र सञ्चालक समिति सदस्य सुरज शमशेर जबरालाई पक्राउ गरेको थियो । पेवेलका सीईओ सतेन्द्र श्रेष्ठ फरार छन् । सोही दिन सजिलो पेका सञ्चालक सुशील जाकीबञ्जा, कार्यकारी प्रमुख अधिकृत कश्यप मानन्धर र फुन्सुक डाग्पा अथुप्छाङ खम्पा पक्राउ परेका थिए । सीआईबीको अनुसन्धानका क्रममा पेवेलले २७ अप्रिल २०२३ देखि हालसम्म करिब एक वर्ष अवधिमा ८२ अर्बको कारोबार गरेको फेला परेको छ । जसमा ६१ अर्ब ५० करोड रुपैयाँ नगद जम्मा भएको छ । जसमध्ये १ अर्बको त भौचर नै भेटिएको छ । कनेक्ट आईपीएसमार्फत ४ अर्बको कारोबार भएको छ । पेवेलको नेपालमा १९ सय एजेन्ट छन् ।

ती मध्ये २० एजेन्टले तस्करीको सुन खरिद बापतको भुक्तानी अवैध तरिकाले पेवेलको खातामा सोझै जम्मा गरेर एजेन्टमार्फत कारोबार गरेको देखाएको सीआईबीको भनाइ छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगको प्रतिवेदन अनुसार अहिले सीआईबीले ६० किलो सुन तस्करी प्रकरणको दोस्रो चरणको अनुसन्धान गरिरहेको छ । जसक्रममा सुन तस्करीमा संलग्न भएको आरोपमा १३ जना र तस्करीको सुनको भुक्तानी र हुण्डीमा जोडिएको आरोपमा सजिलो र पेवलका सञ्चालक तथा कर्मचारी गरेर ७ जना पक्राउ गरेका छन् । सुन र हुण्डीको अवैध कारोबार गरेको भेटिएपछि नेपाल राष्ट्र बैंकले पेवेल र सजिलो पेको कारोबार २१ जेठमै रोक्का गरेको छ । उनीहरूमाथि सीआईबीले हुण्डी, सुन तस्करी, तथा क्रिप्टोसँग जोडेर राष्ट्र बैंक ऐन अन्तर्गतको कसुर, भन्सार छली तथा चोरीपैठारी र संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालुवाटारमा सुरु भयो मन्त्रिपरिषद् बैठक, शिक्षक आन्दोलनबारे के होला निर्णय ?
बालुवाटारमा सुरु भयो मन्त्रिपरिषद् बैठक, शिक्षक आन्दोलनबारे के होला निर्णय ?
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रिय सभा अध्यक्ष दाहाल स्वीट्जरल्याण्ड जाँदै
९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रिय सभा अध्यक्ष दाहाल स्वीट्जरल्याण्ड जाँदै
अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित
अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
प्रधानमन्त्री कप भलिबल : आज पनि ६ खेल हुँदै
प्रधानमन्त्री कप भलिबल : आज पनि ६ खेल हुँदै
भोजपुरमा विद्युत् सेवा विस्तार
भोजपुरमा विद्युत् सेवा विस्तार
हर्क साम्पाङले खोजे संसद्‌मा प्रधानमन्त्री बालेनको हाजिरी
हर्क साम्पाङले खोजे संसद्‌मा प्रधानमन्त्री बालेनको हाजिरी
मैले सरकारसँग कुरा गरेको छु, अब छिट्टै शिक्षकले आन्दोलन रोक्नुपर्छ : देउवा
मैले सरकारसँग कुरा गरेको छु, अब छिट्टै शिक्षकले आन्दोलन रोक्नुपर्छ : देउवा
सिन्धुलीको दुधौलीका मेयरविरुद्ध बलात्कारको किटानी जाहेरी
सिन्धुलीको दुधौलीका मेयरविरुद्ध बलात्कारको किटानी जाहेरी