देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच सहमति

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण १५, २०८३
|
|
६५ पटक हेरिएको
Shares
देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच सहमति

सारांश

  • सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा १० साउनमा भएको गोलीकाण्डका सम्बन्धमा सरकार र पीडित परिवारबीच ७ बुँदे सहमति भएको छ ।
  • शुक्रबार बिहान गृहमन्त्री सुधन गुरुङ र दुवै पीडित परिवारबीच लिखित सम्झौतामा हस्ताक्षर भएको हो ।
  • सम्झौतापछि अस्पतालमा रहेका मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव परिवारले बुझ्नेछन् ।

१५ साउन, विराटनगर ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा १० साउनमा भएको गोलीकाण्डका सम्बन्धमा सरकार र पीडित परिवारबीच ७ बुँदे सहमति भएको छ । शुक्रबार बिहान गृहमन्त्री सुधन गुरुङ र दुवै पीडित परिवारबीच लिखित सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतापछि अस्पतालमा रहेका मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव परिवारले बुझ्नेछन् । सहमतिअनुसार नेपाल सरकारले मृतक दुवैलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउनेछ । साथै, मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ । प्रत्येक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर पनि प्रदान गरिनेछ ।

सम्झौतापत्रमा गृहमन्त्री सुधन गुरुङ तथा पीडित पक्षका तर्फबाट मृतक ओमप्रकाश मेहताका अभिभावक कुशदेव मेहता र जयप्रकाश मेहताका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन् । बिहीबार रातभर भएको छलफलपछि शुक्रबार बिहान करिब ५ बजे सहमति भएको हो । सम्झौतासँगै पीडित परिवारले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । मृतकद्वयको अन्त्येष्टि आज दिउँसो २ बजे गरिने जनाइएको छ ।

सहमतिका मुख्य बुँदा

१. मृतकद्वयलाई नेपाल सरकारबाट शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइनेछ। साथै, मृतकका परिवारलाई नेपाल सरकारका तर्फबाट जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ ।

२. २०८३ साल साउन १० गते राति देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया तत्काल अघि बढाइनेछ ।

३. देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गरिनेछ ।

४. प्रत्येक मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइनेछ ।

५. घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव र सिफारिसलाई प्रचलित कानुनबमोजिम यथाशीघ्र कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइनेछ ।

६. मृतकद्वयको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँग समन्वय गरी स्मृति पार्क निर्माण गरिनेछ ।

७‍. साउन १५ गते दिउँसो २ बजे मृतकको अन्त्येष्टि गरिने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा ९ जना पक्राउ
भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा ९ जना पक्राउ
जेनजीको मिराज समूहले गर्यो आन्दोलनको घोषणा, सरकार असफल भएको आरोप
प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पाेरेशन’ का प्रमुखको भेट
प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पाेरेशन’ का प्रमुखको भेट
मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी
मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी
धनुषाका निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित
धनुषाका निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल प्रिमियर लिग एनपीएलमा आज दुई खेल, चितवन र कर्णाली तथा विराटनगर र पोखरा खेल्दै
नेपाल प्रिमियर लिग एनपीएलमा आज दुई खेल, चितवन र कर्णाली तथा विराटनगर र पोखरा खेल्दै
डेढ अर्ब लगानीको होटल ‘बेस्ट वेस्टर्न काठमाडौं’ सञ्चालनमा, आइपिओ पनि ल्याउने
डेढ अर्ब लगानीको होटल ‘बेस्ट वेस्टर्न काठमाडौं’ सञ्चालनमा, आइपिओ पनि ल्याउने
२४ भदौमा ज्यान गुमाउने ७ जनाको शव पहिचान अझै भएन
२४ भदौमा ज्यान गुमाउने ७ जनाको शव पहिचान अझै भएन
३९.९२ अंकले बढ्यो सेयर बजार, सवा ६ अर्बको कारोबार
३९.९२ अंकले बढ्यो सेयर बजार, सवा ६ अर्बको कारोबार