सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सुनचाँदी व्यवसायी संघ सर्लाहीको निर्वाचनमा धाँधलीको आरोप, दुई गुटबीच विवाद

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ४, २०८१
|
|
४० पटक हेरिएको
Shares
सुनचाँदी व्यवसायी संघ सर्लाहीको निर्वाचनमा धाँधलीको आरोप, दुई गुटबीच विवाद

सारांश

  • सर्लाहीको सुनचाँदी व्यवसायी संघको निर्वाचनमा धाँधली र अनियमितताको आरोप सार्वजनिक भएको छ।
  • संघका अध्यक्ष विनय कुमार साहले नयाँ कार्यसमिति चयनको क्रममा फर्जी तरिकाले निर्वाचन सम्पन्न गरिएको दाबी गरेका छन्, जसले व्यवसायीहरूबीच विभाजन र विवादको स्थिति निम्त्याएको छ।
  • गत साउन ३२ गते एक पक्षले विधिसम्मत रुपमा निर्वाचन सम्पन्न गरेको दाबी गरेको थियो।

 

सर्लाही। सर्लाहीको सुनचाँदी व्यवसायी संघको निर्वाचनमा धाँधली र अनियमितताको आरोप सार्वजनिक भएको छ। संघका अध्यक्ष विनय कुमार साहले नयाँ कार्यसमिति चयनको क्रममा फर्जी तरिकाले निर्वाचन सम्पन्न गरिएको दाबी गरेका छन्, जसले व्यवसायीहरूबीच विभाजन र विवादको स्थिति निम्त्याएको छ।

गत साउन ३२ गते एक पक्षले विधिसम्मत रुपमा निर्वाचन सम्पन्न गरेको दाबी गरेको थियो। उक्त निर्वाचनमा विनय कुमार साह अध्यक्ष, गणेश साह वरिष्ठ उपाध्यक्ष, दिनेश कुमार साह र दीपेन्द्र प्रसाद साह उपाध्यक्ष, राकेश सर्राफ महासचिव, रामकृपाल साह सचिव, अमरनाथ साह कोषाध्यक्ष, धर्मनाथ साह सह-कोषाध्यक्ष र अन्य सात सदस्यहरूको कार्यसमिति चयन गरिएको थियो।

तर, अर्को पक्षले निर्वाचन अवैधानिक भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएपछि विवाद सुरु भयो। प्रशासनले २०७९/०७/०१ मा कुनै पनि कार्यक्रम आपसी सहमति बिना नगर्न निर्देशन दिएको भए पनि अर्को पक्षले बेवास्ता गर्दै चौथो अधिवेशन सम्पन्न गर्‍यो र नयाँ कार्यसमिति गठन गर्‍यो।

यस क्रममा हिजो मात्र सम्पन्न निर्वाचनमा सदस्यता नभएका व्यक्तिहरूले समेत मतदान गरेको आरोप लगाइएको छ। महासचिव राकेश सर्राफले निर्वाचन संयोजक महेश सर्वनकारका छोरा विशाल सर्वनकार, हसनैन अन्सारी, ओमप्रकाश साह, सुशिल साह लगायतका व्यक्तिहरूले अवैध मतदान गरेको आरोप लगाएका छन्।

निर्वाचित नयाँ कार्यसमितिका अध्यक्ष संजय कुमार साह, वरिष्ठ उपाध्यक्ष अमरनाथ शाह, उपाध्यक्षहरू सुरेन्द्र शाह सोनार, सुनिल कुमार विश्वकर्मा, सागर प्रसाद, महासचिव अनिल कुमार शाह सोनार, सचिव रविन्द्र राय, कोषाध्यक्ष सरोज कुमार शाह र अन्य आठ सदस्यहरू सहित १७ जनाको कार्यसमिति गठन भएको छ।

आज मात्रै नयाँ कार्यसमितिले पदभार ग्रहण गरेसँगै पुरानो कार्यसमितिले पत्रकार सम्मेलन गर्दै धाँधली र अनियमितताको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ।

दुवै गुटबीचको विवादले संघको वातावरण जटिल बन्दै गएको छ भने व्यवसायीहरूबीच विभाजनको स्थिति निम्त्याएको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख ८५ हजार पुग्यो
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख ८५ हजार पुग्यो
नक्कली शरणार्थी प्रकरणमा शीर्ष नेताले ‘डिस्टर्ब’ नगर्ने सहमति: प्रधानमन्त्री प्रचण्ड
नक्कली शरणार्थी प्रकरणमा शीर्ष नेताले ‘डिस्टर्ब’ नगर्ने सहमति: प्रधानमन्त्री प्रचण्ड
धरान उपमहानगरमा भुक्तानी विवाद: मेयर साम्पाङले प्रमुख प्रशासकीय अधिकृतसँग मागे लिखित जवाफ
धरान उपमहानगरमा भुक्तानी विवाद: मेयर साम्पाङले प्रमुख प्रशासकीय अधिकृतसँग मागे लिखित जवाफ
आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्ने
आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्ने
विदेशी अवैध मुद्रासहित अमेरिकी नागरिक पक्राउ
विदेशी अवैध मुद्रासहित अमेरिकी नागरिक पक्राउ
यीहुन्,मन्त्रिपरिषद्को बैठकका २५ वटानिर्णयहरु
यीहुन्,मन्त्रिपरिषद्को बैठकका २५ वटानिर्णयहरु
३० करोड लगानीमा रोहिणीमा अर्गानिक मल उद्योग
३० करोड लगानीमा रोहिणीमा अर्गानिक मल उद्योग
ताप्लेजुङ घटनाका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्यायो
ताप्लेजुङ घटनाका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्यायो
बर्दियामा किशोरीको बलात्कार आरोपमा युवक पक्राउ
बर्दियामा किशोरीको बलात्कार आरोपमा युवक पक्राउ
जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव
जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव