सुनचाँदी व्यवसायी संघ सर्लाहीको निर्वाचनमा धाँधलीको आरोप, दुई गुटबीच विवाद

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ४, २०८१
|
|
२२ पटक हेरिएको
Shares
सुनचाँदी व्यवसायी संघ सर्लाहीको निर्वाचनमा धाँधलीको आरोप, दुई गुटबीच विवाद

सारांश

  • सर्लाहीको सुनचाँदी व्यवसायी संघको निर्वाचनमा धाँधली र अनियमितताको आरोप सार्वजनिक भएको छ।
  • संघका अध्यक्ष विनय कुमार साहले नयाँ कार्यसमिति चयनको क्रममा फर्जी तरिकाले निर्वाचन सम्पन्न गरिएको दाबी गरेका छन्, जसले व्यवसायीहरूबीच विभाजन र विवादको स्थिति निम्त्याएको छ।
  • गत साउन ३२ गते एक पक्षले विधिसम्मत रुपमा निर्वाचन सम्पन्न गरेको दाबी गरेको थियो।

सर्लाही। सर्लाहीको सुनचाँदी व्यवसायी संघको निर्वाचनमा धाँधली र अनियमितताको आरोप सार्वजनिक भएको छ। संघका अध्यक्ष विनय कुमार साहले नयाँ कार्यसमिति चयनको क्रममा फर्जी तरिकाले निर्वाचन सम्पन्न गरिएको दाबी गरेका छन्, जसले व्यवसायीहरूबीच विभाजन र विवादको स्थिति निम्त्याएको छ।

गत साउन ३२ गते एक पक्षले विधिसम्मत रुपमा निर्वाचन सम्पन्न गरेको दाबी गरेको थियो। उक्त निर्वाचनमा विनय कुमार साह अध्यक्ष, गणेश साह वरिष्ठ उपाध्यक्ष, दिनेश कुमार साह र दीपेन्द्र प्रसाद साह उपाध्यक्ष, राकेश सर्राफ महासचिव, रामकृपाल साह सचिव, अमरनाथ साह कोषाध्यक्ष, धर्मनाथ साह सह-कोषाध्यक्ष र अन्य सात सदस्यहरूको कार्यसमिति चयन गरिएको थियो।

तर, अर्को पक्षले निर्वाचन अवैधानिक भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएपछि विवाद सुरु भयो। प्रशासनले २०७९/०७/०१ मा कुनै पनि कार्यक्रम आपसी सहमति बिना नगर्न निर्देशन दिएको भए पनि अर्को पक्षले बेवास्ता गर्दै चौथो अधिवेशन सम्पन्न गर्‍यो र नयाँ कार्यसमिति गठन गर्‍यो।

यस क्रममा हिजो मात्र सम्पन्न निर्वाचनमा सदस्यता नभएका व्यक्तिहरूले समेत मतदान गरेको आरोप लगाइएको छ। महासचिव राकेश सर्राफले निर्वाचन संयोजक महेश सर्वनकारका छोरा विशाल सर्वनकार, हसनैन अन्सारी, ओमप्रकाश साह, सुशिल साह लगायतका व्यक्तिहरूले अवैध मतदान गरेको आरोप लगाएका छन्।

निर्वाचित नयाँ कार्यसमितिका अध्यक्ष संजय कुमार साह, वरिष्ठ उपाध्यक्ष अमरनाथ शाह, उपाध्यक्षहरू सुरेन्द्र शाह सोनार, सुनिल कुमार विश्वकर्मा, सागर प्रसाद, महासचिव अनिल कुमार शाह सोनार, सचिव रविन्द्र राय, कोषाध्यक्ष सरोज कुमार शाह र अन्य आठ सदस्यहरू सहित १७ जनाको कार्यसमिति गठन भएको छ।

आज मात्रै नयाँ कार्यसमितिले पदभार ग्रहण गरेसँगै पुरानो कार्यसमितिले पत्रकार सम्मेलन गर्दै धाँधली र अनियमितताको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ।

दुवै गुटबीचको विवादले संघको वातावरण जटिल बन्दै गएको छ भने व्यवसायीहरूबीच विभाजनको स्थिति निम्त्याएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रकको ठक्करबाट २ बालकको मृत्युपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग खुल्यो
ट्रकको ठक्करबाट २ बालकको मृत्युपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग खुल्यो
काठमाडौं उपत्यकासहित देशभर गर्मी बढ्यो, तराईमा तातो लहर चल्ने संभावना
काठमाडौं उपत्यकासहित देशभर गर्मी बढ्यो, तराईमा तातो लहर चल्ने संभावना
शीतभण्डार सञ्चालन गर्न निजी क्षेत्र खोज्दै गाउँपालिका
शीतभण्डार सञ्चालन गर्न निजी क्षेत्र खोज्दै गाउँपालिका
कैलालीमा डेढ लाखसहित ११ जना जुवाडे पक्राउ
कैलालीमा डेढ लाखसहित ११ जना जुवाडे पक्राउ
सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक थ्रु’
सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक थ्रु’
निर्वाचन आयोगले पाँच बिषयमा छलफलका लागि राजनीतिक दलहरूलाई बोलायो 
निर्वाचन आयोगले पाँच बिषयमा छलफलका लागि राजनीतिक दलहरूलाई बोलायो 
कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासनको प्रत्याभूति हुन्छ : प्रधानमन्त्री
कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासनको प्रत्याभूति हुन्छ : प्रधानमन्त्री
पाकिस्तानी प्रधानमन्त्री सरिफले दिए प्रधानमन्त्री कार्कीलाई बधाई
पाकिस्तानी प्रधानमन्त्री सरिफले दिए प्रधानमन्त्री कार्कीलाई बधाई
पाकिस्तानले आकाशमै नष्ट गर्‍यो भारतीय ड्रोन
पाकिस्तानले आकाशमै नष्ट गर्‍यो भारतीय ड्रोन
विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै
विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै