विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते नै सकियो : विमलेन्द्र निधि

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष १८, २०८२
|
|
१९ पटक हेरिएको
Shares
विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते नै सकियो : विमलेन्द्र निधि

सारांश

  • नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते नै सकिएकाे बताएका छन् ।
  • कार्यसम्पादन समिति बैठकमा भाग लिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय पुगेका निधिले पत्रकारहरूसँग नियमित महाधिवेशनको कार्यतालिका ल्याएपछि विशेष महाधिवेशनको औचित्य सकिएको बताएका हुन् ।
  • ‘विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते नै सकिएकाे छ,’ निधिले पत्रकारहरूसँग भने ।

१८ पुष, काठमाडौँ ।

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते नै सकिएकाे बताएका छन् । कार्यसम्पादन समिति बैठकमा भाग लिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय पुगेका निधिले पत्रकारहरूसँग नियमित महाधिवेशनको कार्यतालिका ल्याएपछि विशेष महाधिवेशनको औचित्य सकिएको बताएका हुन् । ‘विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते नै सकिएकाे छ,’ निधिले पत्रकारहरूसँग भने ।

पत्रकारहरूले विशेष महाधिवेशनका लागि हल बुक भइसक्यो । हुने निश्चित भयो भन्ने प्रश्नमा छोटो जवाफ दिँदै भने, ‘कसले भन्छ हुन्छ भनेर, हुँदैन ।’ पार्टी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनको तयारीमा लागेको निधिले बताए । पत्रकारहरूले पार्टीभित्र देखिएको विवादमा कसरी अगाडि बढ्नुहुन्छ भन्ने प्रश्नको जवाफ भने दिएनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?