वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा गौतम

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र ११, २०८१
|
|
१७ पटक हेरिएको
Shares
वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा गौतम

सारांश

  •   वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा हरि गौतम निर्विरोध निर्वाचित हुनुभएको छ ।
  • सङ्घको ४९औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा माधव राजपाल, द्वितीय उपाध्यक्षमा मनोज दास, महासचिवमा शिवजीप्रसाद कलवार, कोषाध्यक्षमा अनोज रुङ्गटा, सचिवमा प्रेमचन्द्र गोयल, सुशान्त चाचान, सहकोषाध्यक्षमा निरज अग्रवाल र सहसचिवमा नरेश टिवडेवाल निर्विरोध निर्वाचित भएका छन् ।
  • यस्तै सहसचिवमा अनुप अग्रवाल निर्वाचनबाट निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलले जानकारी दिनुभयो ।

 ११ चैत, वीरगञ्ज । 

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा हरि गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । सङ्घको ४९औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा माधव राजपाल, द्वितीय उपाध्यक्षमा मनोज दास, महासचिवमा शिवजीप्रसाद कलवार, कोषाध्यक्षमा अनोज रुङ्गटा, सचिवमा प्रेमचन्द्र गोयल, सुशान्त चाचान, सहकोषाध्यक्षमा निरज अग्रवाल र सहसचिवमा नरेश टिवडेवाल निर्विरोध निर्वाचित भएका छन् ।


यस्तै सहसचिवमा अनुप अग्रवाल निर्वाचनबाट निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलले जानकारी दिनुभयो । पदाधिकारीमध्ये सहसचिव पदका लागि मात्र मतदान भएको थियो । सङ्घको विधानअनुसार १२ जना पदाधिकारी रहने व्यवस्था छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?