ऊर्जामन्त्री र अमेरिकी राजदूत बीच भेटवार्ता : एमसिसी परियोजनाबारे छलफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ १४, २०८२
|
|
३९ पटक हेरिएको
Shares
ऊर्जामन्त्री र अमेरिकी राजदूत बीच भेटवार्ता : एमसिसी परियोजनाबारे छलफल

सारांश

  • ऊर्जा मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको ऊर्जा सहकार्य र मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परियोजना कार्यान्वयनका विभिन्न पक्षमा छलफल भएको थियो ।
  • भेटमा ऊर्जामन्त्री खड्काले एमसिसी परियोजनामार्फत अगाडि बढाइएका आयोजनाको काम निरन्तर अगाडि बढिरहे पनि एमसिसी केही समयदेखि होल्ड भएकाले केही अन्यौलता सिर्जना गरेको बताउनुभयो ।
  • उहाँले एमसिसी परियोजना निरन्तर अगाडि बढ्ने र ऊर्जा क्षेत्रमा अमेरिकाको थप सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौँ, १४ जेठ 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । ऊर्जा मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको ऊर्जा सहकार्य र मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परियोजना कार्यान्वयनका विभिन्न पक्षमा छलफल भएको थियो ।

भेटमा ऊर्जामन्त्री खड्काले एमसिसी परियोजनामार्फत अगाडि बढाइएका आयोजनाको काम निरन्तर अगाडि बढिरहे पनि एमसिसी केही समयदेखि होल्ड भएकाले केही अन्यौलता सिर्जना गरेको बताउनुभयो । उहाँले एमसिसी परियोजना निरन्तर अगाडि बढ्ने र ऊर्जा क्षेत्रमा अमेरिकाको थप सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । भेटमा अमेरिकी राजदूत थम्पसनले नेपालको ऊर्जा क्षेत्रमा अमेरिकाको निरन्तर साथ र सहयोग रहने बताउनुभयो । एमसिसी परियोजनालाई अगाडि बढाउन हरसम्भव पहल र प्रयास भइरहेको उहाँको भनाइ थियो ।

उहाँले अहिले एमसिसीअन्तर्गत अगाडि बढाइएका आयोजनालाई निरन्तर अगाडि बढाउन नेपाल सरकारको तर्फबाट गरिनुपर्ने सहयोगका लागि आग्रह गर्नुभयो । एमसिसीअन्तर्गत सञ्चालित एमसिए परियोजनाका लागि अमेरिकाले ५०० मिलियन डलर र नेपालले १९७ मिलियन डलर खर्च गर्ने सम्झौता भएको थियो । उक्त परियोजनाअन्तर्गत लप्सीफेदी–रातमाटे, रातमाटे–दमौली, दमौली–बुटवल र बुटवल– नेपाल–भारत सीमासम्म (गोरखपुर) ४०० केभी प्रसारण लाइन र सम्बद्ध सवस्टेसन निर्माण हुनेछ । भेटमा एमसिसी तथा एमसिएका प्रतिनिधि तथा मन्त्रालयका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजावादी आन्दोलनबाट पक्राउ परे अध्यक्ष कमल थापा
राजावादी आन्दोलनबाट पक्राउ परे अध्यक्ष कमल थापा
रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, आसपास क्षेत्रमा सचेत रहन आग्रह
रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, आसपास क्षेत्रमा सचेत रहन आग्रह
सङ्खुवासभामा ५० शय्याको अस्पताल सञ्चालनमा
सङ्खुवासभामा ५० शय्याको अस्पताल सञ्चालनमा
संविधान संशोधनलाई हल्का ढंगले लिने गल्ती नगरियोस् : प्रचण्ड
संविधान संशोधनलाई हल्का ढंगले लिने गल्ती नगरियोस् : प्रचण्ड
राष्ट्रिय मुक्ति पार्टीले सर्लाहीका चारै क्षेत्रबाट पठायो उम्मेदवारको सूची
राष्ट्रिय मुक्ति पार्टीले सर्लाहीका चारै क्षेत्रबाट पठायो उम्मेदवारको सूची
राष्ट्र बैंकले चार अर्ब ५३ करोड मुद्दती निक्षेपमा लगानी गर्ने
राष्ट्र बैंकले चार अर्ब ५३ करोड मुद्दती निक्षेपमा लगानी गर्ने
दोरम्बा पहिरो : थप एक जनाको शव भेटियो
दोरम्बा पहिरो : थप एक जनाको शव भेटियो
जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु
दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु
दक्षिण अफ्रिकालाई हराउँदै  न्युजिल्याण्ड चम्पियन ट्रोफीको फाइनलमा
दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्याण्ड चम्पियन ट्रोफीको फाइनलमा