हिरासतबाट छुटेपछि प्रसाईंले भने- एमालेपछि ओली पनि हारे, अबको प्रधानमन्त्री मै हो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन १५, २०८१
|
|
२९ पटक हेरिएको
Shares
हिरासतबाट छुटेपछि प्रसाईंले भने- एमालेपछि ओली पनि हारे, अबको प्रधानमन्त्री मै हो

सारांश

  • साइबर अपराधसम्बन्धी मुद्दामा मंगलरबार एक लाख धरौटी बुझाएर प्रहरी हिरासतबाट रिहा भएका प्रसाईंले माइतीघर मण्डलमा समर्थकलाई सम्बोधनका क्रममा यस्तो बताएका हुन् ।
  • उनले आफूसँग एमालेले पहिले नै हारिसकेको अवस्थामा यस पटक प्रधानमन्त्री ओली पनि हारेको बताए ।
  • देशको अबको प्रधानमन्त्री आफैं बन्ने पनि दाबी प्रसाईंले गरे ।

१५ असोज , काठमाडौं- जिल्ला अदालत काठमाडौंबाट एक लाख धरौटीमा छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले यस पटक प्रधानमन्त्री केपी शर्मा ओली पनि आफूसँग हारेको बताएका छन् । साइबर अपराधसम्बन्धी मुद्दामा मंगलरबार एक लाख धरौटी बुझाएर प्रहरी हिरासतबाट रिहा भएका प्रसाईंले माइतीघर मण्डलमा समर्थकलाई सम्बोधनका क्रममा यस्तो बताएका हुन् । उनले आफूसँग एमालेले पहिले नै हारिसकेको अवस्थामा यस पटक प्रधानमन्त्री ओली पनि हारेको बताए । देशको अबको प्रधानमन्त्री आफैं बन्ने पनि दाबी प्रसाईंले गरे । ‘देशको प्रधानमन्त्री अहिले दुर्गा प्रसाईंसित लड्दैछ । प्रधानमन्त्रीले पनि हार्‍यो भने दुर्गा प्रसाईं नै प्रधानमन्त्री हो ।’आफूले अहिलेसम्म राजनीति नगरेको बताउँदै अब भने त्यसमा होमिएको पनि प्रसाईंले समर्थकलाई बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?