कांग्रेसमा विशेष महाधिवेशन आह्वान गर्न दबाब, १०९ जनाले गरे हस्ताक्षर

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन ७, २०८२
|
|
२९ पटक हेरिएको
Shares
कांग्रेसमा विशेष महाधिवेशन आह्वान गर्न दबाब, १०९ जनाले गरे हस्ताक्षर

सारांश

  • नेपाली कांग्रेसको विशेष महाधिवशेन बोलाउनका लागि हस्ताक्षर अभियान सुरु भएको छ ।
  • नेताहरु गुरुराज घिमिरे, देवराज चालिसे, नारायण भट्टराई, जनकराज गिरी, रामपल्टन साहसहित १०९ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर अभियान नै चलाएका हुन् ।
  • ६ असोजबाट विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सुरु भएको हो ।

७ असोज, काठमाडौं ।

नेपाली कांग्रेसको विशेष महाधिवशेन बोलाउनका लागि हस्ताक्षर अभियान सुरु भएको छ । नेताहरु गुरुराज घिमिरे, देवराज चालिसे, नारायण भट्टराई, जनकराज गिरी, रामपल्टन साहसहित १०९ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर अभियान नै चलाएका हुन् । ६ असोजबाट विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सुरु भएको हो । कांग्रेसको विधान अनुसार विशेष महाधिवशेन बोलाउन सकिने व्यवस्था छ ।

विशेष महाधिवेशन आव्हान गर्न केन्द्रीय समितिले निर्णय लिनुपर्ने वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गर्नुपर्ने व्यवस्था छ । विधानको दफा १७ (२) मा भनिएको छ,‘ केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने छ । विशेष महाधिवेशनको निर्णय केन्द्रीय समितिबाट हुने सम्भावना क्षीण रहेकाले हस्ताक्षर अभियान सुरु गर्नुपरेको अगुवा नेताहरुले जानकारी गराएका छन् । हस्ताक्षर सबै प्रदेशमा सुरु गरिने अभियानका अगुवाइ गर्ने मध्येका एक नारायण भट्टराईले जानकारी गराए । उनले भने, ‘हस्ताक्षर अभियानमा यो त्यो समूह भन्ने छैन । विशेष महाधिवेशन माग गर्ने सबै पक्षका साथीहरु हुनुहुन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विराटनगरविरुद्ध चलेन जनकपुरका आशिफको ब्याटिङ
विराटनगरविरुद्ध चलेन जनकपुरका आशिफको ब्याटिङ
‘संसदमा तथ्यमा आधारित बौद्धिक बहस आवश्यक’
‘संसदमा तथ्यमा आधारित बौद्धिक बहस आवश्यक’
एमालेको ५९ जिल्लाको अधिवेशन सम्पन्‍न
एमालेको ५९ जिल्लाको अधिवेशन सम्पन्‍न
कारागार जानुअघि रविले भने– अदालतको आदेशमा केही भन्नु छैन, सम्मान छ
कारागार जानुअघि रविले भने– अदालतको आदेशमा केही भन्नु छैन, सम्मान छ
फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धित बन्दै कौडेना गाउँपालिका
फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धित बन्दै कौडेना गाउँपालिका
अमेरिकी संघीय कर्मचारी फेरि कटौती गर्ने ट्रम्पको निर्णय
अमेरिकी संघीय कर्मचारी फेरि कटौती गर्ने ट्रम्पको निर्णय
सुर्खेतमा क्षमताभन्दा धेरै यात्रु बोकेका १५ वटा रात्रिकालीन बस प्रहरी नियन्त्रणमा
सुर्खेतमा क्षमताभन्दा धेरै यात्रु बोकेका १५ वटा रात्रिकालीन बस प्रहरी नियन्त्रणमा
आजको मौसम : हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना
आजको मौसम : हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना
सहकारी विकास बोर्डको अनधिकृत संचरनामा ललितपुर महानगरले चलायो डोजर
सहकारी विकास बोर्डको अनधिकृत संचरनामा ललितपुर महानगरले चलायो डोजर
प्रदेश सभालाई मधेशका मुख्यमन्त्री सिंहको पत्र : २८ असोजमा विश्वासको मत लिने वातावरण बनाइदेऊ
प्रदेश सभालाई मधेशका मुख्यमन्त्री सिंहको पत्र : २८ असोजमा विश्वासको मत लिने वातावरण बनाइदेऊ