अमेरिकामा यौन दुर्व्यवहारको आरोपमा दुई नेपालीमाथि मुद्दा दायर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन १५, २०८१
|
|
२४ पटक हेरिएको
Shares
अमेरिकामा यौन दुर्व्यवहारको आरोपमा दुई नेपालीमाथि मुद्दा दायर

सारांश

  • मिनिसोटा राज्यको र्स्टन्स काउन्टी कोर्टमा र्स्टन्स काउन्टी प्रहरीले मुद्दा दायर गरेको हो।
  • २० वर्षीय फयाल र १९ वर्षीय तामाङमाथि प्रहरीले फेब्रुअरी २१ मा मुद्दा दायर गरेको छ।
  • अदालतबाट पक्राउ पुर्जी जारी भएपनि हाल, उनीहरू मिनिसोटामा नभेटिएकाले प्रहरीले राष्ट्रव्यापी खोजी अभियान सुरु गरेको छ।

१५ फागुन,  अमेरिका : यौन दुर्व्यवहारको आरोपमा दुई नेपालीलाई प्रहरीले मुद्दा दायर गरेको छ। मिनिसोटा राज्यको र्स्टन्स काउन्टी कोर्टमा र्स्टन्स काउन्टी प्रहरीले मुद्दा दायर गरेको हो। २० वर्षीय फयाल र १९ वर्षीय तामाङमाथि प्रहरीले फेब्रुअरी २१ मा मुद्दा दायर गरेको छ। अदालतबाट पक्राउ पुर्जी जारी भएपनि हाल, उनीहरू मिनिसोटामा नभेटिएकाले प्रहरीले राष्ट्रव्यापी खोजी अभियान सुरु गरेको छ।

फयाल र तामाङलाई सेन्ट क्लाउड स्टेट युनिभर्सिटी मिनिसोटामा अध्ययनरत एक विद्यार्थीलाई बलात्कार गरेको अभियोग लागेको छ। उनीहरू सोही कलेजमा अध्ययन गर्दै आएपनि अगस्तदेखि डिसेम्बरसम्मको सेमेष्टरमा भर्ना लिएको तर, उनीहरू गत विन्टर ब्रेकपछि कलेजमा नआएको कलेज प्रशासनले जानकारी गराएको छ।  मिनिसोटाको सेन्ट क्लाउड फस्ट एभिन्यू साउथमा रहेको छात्रावासको कोठामा गत नोमेम्भर १ मा महिलामाथि यौन दुर्व्यवहार भएको थियो। ती महिलाले दिएको उजुरीको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

यौन दुर्व्यवहारको शिकार भएकी महिलाले गरेको उजुरीको आधारमा शंकाष्पद रुपमा फयाल र तामाङलाई प्रहरीले सोधपुछ गरेको थियो। प्रहरीले आफूसँगको सुरुवाति सोधपुछमा उनीहरूले घटनामा आफूहरू संलग्नता नरहेको बयान दिएपनि अनुसन्धानको क्रममा घटना घटेको समयमा उनीहरूको त्यहाँ उपस्थितिदेखि पीडितको स्वास्थ्य परीक्षणका क्रममा डीएनए सेम्पल म्याच भएको प्रहरीले जनाएको छ। साथै घटना घटेलगत्तै फयालले पीडित विद्यार्थीलाई इन्ष्टाग्राममा रिक्वेष्टसहित उनको स्वास्थ्य अवस्थाबारे चासो राखेर म्यासेज पठाएको प्रहरीले उल्लेख गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय
नयाँ गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय
नाढीमन तालमा ग्रामीण चलचित्र महोत्सव सम्पन्न (फोटो फिचर)
नाढीमन तालमा ग्रामीण चलचित्र महोत्सव सम्पन्न (फोटो फिचर)
दशैँ मनाउन हिँडेकी महिलाको भीरबाट लडेर मृत्यु
दशैँ मनाउन हिँडेकी महिलाको भीरबाट लडेर मृत्यु
सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दै
सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दै
बागमती प्रदेशमा संबिधान दिवशका अबसरमा बुधबार बिशेष  समारोह सम्पन्न गरीएको छ ।
बागमती प्रदेशमा संबिधान दिवशका अबसरमा बुधबार बिशेष समारोह सम्पन्न गरीएको छ ।
प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदको जोड
प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदको जोड
सर्लाहीमा बेपत्ता युवक पोखरीमा मृ*त भेटिए
सर्लाहीमा बेपत्ता युवक पोखरीमा मृ*त भेटिए
नगरपालिकामा लगाईएको ताला खोलियो, माग पूरा नगरे पुनः तालाबन्दी गर्ने चेतावनी
नगरपालिकामा लगाईएको ताला खोलियो, माग पूरा नगरे पुनः तालाबन्दी गर्ने चेतावनी
आगलागीमा घाईतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाइयो
आगलागीमा घाईतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाइयो
एनसेलको सेयर खरिद बिक्री रोक्न सरकारलाई लेखा समितिको निर्देशन
एनसेलको सेयर खरिद बिक्री रोक्न सरकारलाई लेखा समितिको निर्देशन