सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

धनुषामा विष सेवन घटना : तीन छोराछोरीपछि आमाको पनि मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १२, २०८२
|
|
५२ पटक हेरिएको
Shares
धनुषामा विष सेवन घटना : तीन छोराछोरीपछि आमाको पनि मृत्यु

सारांश

  •   धनुषामा विष सेवन घटनामा तीन छोराछोरीको मृत्युपछि उपचारको क्रममा आमाको पनि मृत्यु भएको छ ।
  • धनुषा शहीदनगर नगरपालिका–५ बासुदेवपट्टीकी ३० वर्षीया पविताकुमारी साहको उपचारका क्रममा आज मृत्यु भएको हो।
  • जनकपुरधामस्थित रामजानकी अस्पतालमा उपचारको क्रममा बिहान ९ः४५ बजे मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिएका छन् ।
 

१२ वैशाख, जनकपुरधाम । 

धनुषामा विष सेवन घटनामा तीन छोराछोरीको मृत्युपछि उपचारको क्रममा आमाको पनि मृत्यु भएको छ । धनुषा शहीदनगर नगरपालिका–५ बासुदेवपट्टीकी ३० वर्षीया पविताकुमारी साहको उपचारका क्रममा आज मृत्यु भएको हो। जनकपुरधामस्थित रामजानकी अस्पतालमा उपचारको क्रममा बिहान ९ः४५ बजे मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिएका छन् ।

गत सोमबार साँझ आफ्नै घरमा तीन छोराछोरीसहित आमा विष सेवन गरेको अवस्थामा फेला परेका थिए । सोही दिन ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी मृत्यु भएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा घरयासी विवादका कारण पविताले आफ्ना तीन सन्तानलाई विष सेवन गराई आफैं पनि सेवन गरेको खुलेको छ ।

९ महिनाकी गर्भवती पवितालाई बिष सेवनपछि शल्यक्रिया गरी शिशु निकालिएको थियो । शिशुको अवस्था सुधारोन्मुख रहेको डीएसपी सिंहले बताए। पविताले विष सेवन गरेको परिवारले थाहा पाएपछि उपचारका लागि अस्पताल लिएर आएका थिए । पविताको माइत पक्षले भने शारीरिक र मानसिक यातना दिएकै कारण पविताले विष सेवन गरेको आरोप लगाएका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बंगलादेशमा हसिनासहित सिंगो मन्त्रिपरिषदमाथि मुद्धा दर्ता
बंगलादेशमा हसिनासहित सिंगो मन्त्रिपरिषदमाथि मुद्धा दर्ता
माछा खाएर बिरामी भएका एकै परिवारका ३ बालबालिकाको मृत्यु
माछा खाएर बिरामी भएका एकै परिवारका ३ बालबालिकाको मृत्यु
सर्लाहीमा १६ क्विन्टलभन्दा बढी गाँजा बरामद
सर्लाहीमा १६ क्विन्टलभन्दा बढी गाँजा बरामद
माओवादी केन्द्र बैठक : घोषित मितिमै निर्वाचन गराउने निर्णय, पार्टी एकताबारे पनि छलफल
माओवादी केन्द्र बैठक : घोषित मितिमै निर्वाचन गराउने निर्णय, पार्टी एकताबारे पनि छलफल
नेपालमा राजसंस्था अति आवश्यक भइसक्यो : रवीन्द्र मिश्र
नेपालमा राजसंस्था अति आवश्यक भइसक्यो : रवीन्द्र मिश्र
मोरङमा वर्षापछिको विपत्ति: सयौं परिवार सुरक्षित स्थानमा सारिए
मोरङमा वर्षापछिको विपत्ति: सयौं परिवार सुरक्षित स्थानमा सारिए
संसदिय समितिको बैठक बस्दै 
संसदिय समितिको बैठक बस्दै 
भूमाफियाको चलखेल रोक्ने सर्वोच्चको फैसला, सर्दु जलाधारको क्षेत्र सिमांकन
भूमाफियाको चलखेल रोक्ने सर्वोच्चको फैसला, सर्दु जलाधारको क्षेत्र सिमांकन
ग्रामीण सडकःमार्ग खुलको १४ वर्षपछि स्तरोन्नति
ग्रामीण सडकःमार्ग खुलको १४ वर्षपछि स्तरोन्नति
राज्यव्यवस्था समितिका सभापति खतिवडाले दिए राजीनामा
राज्यव्यवस्था समितिका सभापति खतिवडाले दिए राजीनामा