आज बडादसैं अन्तर्गत टीका, उत्तम साइत ११ः५३ बजे

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १६, २०८२
|
|
३३ पटक हेरिएको
Shares
आज बडादसैं अन्तर्गत टीका, उत्तम साइत ११ः५३ बजे

सारांश

  •    बिहीबार विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन ।
  • आज नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।
  • दसैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।

 १६ असोज, काठमाडौं ।  

बिहीबार विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । आज नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्ने साइत आज बिहान ११ः५३ बजे उत्तम रहेको जनाएको छ ।

विजया दशमी आफैमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु पर्दैन भन्ने मान्यता पनि छ । आज बिहान ९ः२३ बजे देवी बिसर्जनको साइत रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजया दशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजया दशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसाद स्वरूप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडादसैंको सबैभन्दा महत्त्वपूर्ण दिन हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीनकुने घटना : दुर्गां प्रसाईंसहितका व्यक्तिमाथि पुनः म्याद थप हुँदै
तीनकुने घटना : दुर्गां प्रसाईंसहितका व्यक्तिमाथि पुनः म्याद थप हुँदै
‘कुरुवा घर’ निर्माण गर्दै वीर अस्पताल
‘कुरुवा घर’ निर्माण गर्दै वीर अस्पताल
जनकपुरको अपराजित यात्रामा पूर्णविराम, सुदूरपश्चिमविरुद्ध लज्जास्पद हार
जनकपुरको अपराजित यात्रामा पूर्णविराम, सुदूरपश्चिमविरुद्ध लज्जास्पद हार
इरानविरुद्ध फेरि ठुलो आक्रमण गर्ने अमेरिका-इजरायलको तयारी
इरानविरुद्ध फेरि ठुलो आक्रमण गर्ने अमेरिका-इजरायलको तयारी
जानकी मन्दिरमा सवा लाख द्विप प्रज्ज्वलन गरिने
जानकी मन्दिरमा सवा लाख द्विप प्रज्ज्वलन गरिने
नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै पनि घर भत्किने छैन : बालेन
नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै पनि घर भत्किने छैन : बालेन
आगामी बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक हुनेछ : अर्थमन्त्री
आगामी बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक हुनेछ : अर्थमन्त्री
ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ प्रदान
ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ प्रदान
अर्थमन्त्री भन्छन् : पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको हो
अर्थमन्त्री भन्छन् : पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको हो
उपसभामुख ठाकुरले जनकपुर पुगेर आफ्नै खेतमा रोपिन् धान
उपसभामुख ठाकुरले जनकपुर पुगेर आफ्नै खेतमा रोपिन् धान