सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

बर्दियाको समृद्धि विशेष प्राथमिकतामाः अध्यक्ष दाहाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २२, २०८१
|
|
११३ पटक हेरिएको
Shares
बर्दियाको समृद्धि विशेष प्राथमिकतामाः अध्यक्ष दाहाल

सारांश

  • नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बर्दियाको समृद्धिका लागि विशेष प्राथमिकता दिइने बताउनुभएको छ ।
  • मैनापोखरमा आयोजित जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गतको खबरदारी सभामा पूर्वप्रधानमन्त्री दाहालले बर्दियाको पर्यटन विकास, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा निरन्तर रुपमा अघि बढ्ने बताउनुभयो ।
  • उहाँले हुलाकी राजमार्गको काम लामो समयदेखि अवरुद्ध रहेको उल्लेख गर्दै आफ्नै दोस्रो कार्यकालमा प्रधानमन्त्री हुँदा भारत सरकारको सहयोगमा गति ल्याइएको स्मरण गर्नुभयो ।

 

 २२ चैत,  बर्दिया ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बर्दियाको समृद्धिका लागि विशेष प्राथमिकता दिइने बताउनुभएको छ । मैनापोखरमा आयोजित जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गतको खबरदारी सभामा पूर्वप्रधानमन्त्री दाहालले बर्दियाको पर्यटन विकास, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा निरन्तर रुपमा अघि बढ्ने बताउनुभयो ।

उहाँले हुलाकी राजमार्गको काम लामो समयदेखि अवरुद्ध रहेको उल्लेख गर्दै आफ्नै दोस्रो कार्यकालमा प्रधानमन्त्री हुँदा भारत सरकारको सहयोगमा गति ल्याइएको स्मरण गर्नुभयो । उहाँले बेपत्ता तथा सहिद परिवारलाई प्रमाणपत्र प्रदान गर्ने व्यवस्था गरिएको जानकारी दिँदै राज्यकै राजपत्रमा समेत अभिलेखीकरण गरिएको बताउनुभयो । सत्य निरूपण तथा बेपत्ता छानबिनसम्बन्धी कार्य कानुनी रूपमा अब कुनै अवरोध नहुने उहाँले प्रस्ट पार्नुभयो । अध्यक्ष दाहालले दुई महिनाभित्र सत्य निरूपण र बेपत्ता छानबिन आयोगको सिफारिस समितिले काम थाल्ने जानकारी दिँदै भन्नुभयो, “सहिद तथा बेपत्ता योद्धाहरूको सम्मानमा

विभिन्न जिल्लामा ऐतिहासिक बलिदान स्थलहरूमा पार्क निर्माण गरिनेछ । पीडित परिवारलाई राहत दिइनेछ, एक सदस्यलाई रोजगारीको ग्यारेन्टी हुनेछ ।” सामाजिक न्यायको क्षेत्रमा उल्लेखनीय प्रगति भएको भन्दै उहाँले १५ लाखभन्दा बढी वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको बताउनुभयो । पार्टीको उक्त अभियान झापाबाट सुरु भई कञ्चनपुरसम्म पुग्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कक्षा १२ को नतिजा आज आउँदै, ५ बजे बोर्ड बैठक
कक्षा १२ को नतिजा आज आउँदै, ५ बजे बोर्ड बैठक
उर्जा मन्त्री घिसिङ र खेलकुद मन्त्री गुप्ताद्वारा जनकपुरधामको निर्माणाधिन रंगशालाको निरीक्षण
उर्जा मन्त्री घिसिङ र खेलकुद मन्त्री गुप्ताद्वारा जनकपुरधामको निर्माणाधिन रंगशालाको निरीक्षण
भूकम्प प्रभावितलाई ५० हजार एकमुस्ट दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ
भूकम्प प्रभावितलाई ५० हजार एकमुस्ट दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ
चुनावलगत्तै राप्रपामा चर्कियो विवाद, पार्टीबाट निष्कासित २ नेताले अध्यक्षलाई गरे कडा प्रश्न
चुनावलगत्तै राप्रपामा चर्कियो विवाद, पार्टीबाट निष्कासित २ नेताले अध्यक्षलाई गरे कडा प्रश्न
सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
झ्याप्ले खोलामा मर्मतपछि सडक दुई तर्फी सुचारु
झ्याप्ले खोलामा मर्मतपछि सडक दुई तर्फी सुचारु
ठेक्का सम्झौता तोडिएपछि मरिण डाइभर्सनबाट सामग्री उठाउँदै निर्माण कम्पनी
ठेक्का सम्झौता तोडिएपछि मरिण डाइभर्सनबाट सामग्री उठाउँदै निर्माण कम्पनी
उज्यालो नेपाल पार्टीको प्रमुख कार्यकारी अधिकृतमा किरण केसी नियुक्त
उज्यालो नेपाल पार्टीको प्रमुख कार्यकारी अधिकृतमा किरण केसी नियुक्त
सुन्ने मानिस नहुँदा पनि भाषण गर्न छोड्दैनन् : देउवा
सुन्ने मानिस नहुँदा पनि भाषण गर्न छोड्दैनन् : देउवा
प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट
प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट