कांग्रेस–एमालेको गठबन्धन बनेकै दिनदेखि दुर्घटनाको खतरा बढ्यो : प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ ४, २०८१
|
|
२७ पटक हेरिएको
Shares
कांग्रेस–एमालेको गठबन्धन बनेकै दिनदेखि दुर्घटनाको खतरा बढ्यो : प्रचण्ड

सारांश

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र नपाली कांग्रेसबीच गठबन्धन बनेकै दिनदेखि देशमा राजनीतिक दुर्घटनाको खतरा बढेको दाबी गरेका छन् ।
  • शुक्रबार साँझ विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले अहिलेको सरकार अप्राकृतिक, अपारदर्शी र असंवैधानिक ढंगबाट बनेको दोहोर्‍याए ।
  • ‘पहिलो र दोस्रो दल संसद्का मिलेर त्यस किसिमले गठबन्धन बनाए दिनदेखि नै देशमा राजनीतिक दुर्घटनाको खतरा बढेकै छ,’ प्रचण्डले भने, ‘गएको ६ महिना सरकारका क्रियाकलापले पनि राजनीतिक दुर्घटनातिर गएकै छ ।

४ माघ, विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र नपाली कांग्रेसबीच गठबन्धन बनेकै दिनदेखि देशमा राजनीतिक दुर्घटनाको खतरा बढेको दाबी गरेका छन् । शुक्रबार साँझ विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले अहिलेको सरकार अप्राकृतिक, अपारदर्शी र असंवैधानिक ढंगबाट बनेको दोहोर्‍याए ।

‘पहिलो र दोस्रो दल संसद्का मिलेर त्यस किसिमले गठबन्धन बनाए दिनदेखि नै देशमा राजनीतिक दुर्घटनाको खतरा बढेकै छ,’ प्रचण्डले भने, ‘गएको ६ महिना सरकारका क्रियाकलापले पनि राजनीतिक दुर्घटनातिर गएकै छ ।’ सदन बोलाउनुपर्ने बेलामा अध्यादेश ल्याएको र समितिमा विचाराधिन विधेयक फिर्ता नगरी अध्यादेश जारी भएकाले कानुन मिचिएको प्रचण्डको दाबी थियो । ‘सदनमा प्रस्तुत भएर समितिमा रहेको विधेयकलाई सदनबाट मात्रै फिर्ता लिन सकिन्छ ।

त्यो फिर्ता नगरी त्यस्तो विधेयकमा पनि अध्यादेश ल्याउने कुराले देशलाई राजनीतिक दुर्घनातिर धकेल्दै छ भन्ने प्रष्ट देखिएको छ,’ प्रचण्डले भने । उनले तुरुन्तै सदन बोलाउन आग्रह गर्दै उनले अध्यादेश फिर्ता लिन पनि जरुरी रहेको बताए । ‘हामीले भनेका छौं, तुरुन्तै सदन बोलाइयोस् । यो अध्यादेश फिर्ता लिन जरुरी नै छ । दुई तिहाइको सरकार छ भन्नेले त सदनकै प्रक्रियाबाट गए भइहाल्यो नि । फेरि कुबाटो किन हिँड्नुपर्यो । अलोकतान्त्रिक र स्वेच्छाचारी बाटो हिँड्नुपर्‍यो ?,’ प्रचण्डले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबैको रेकर्ड तोड्दै पुष्पाः२ ले पहिलो दिनमा कमायो झन्डै तीन सय करोड
सबैको रेकर्ड तोड्दै पुष्पाः२ ले पहिलो दिनमा कमायो झन्डै तीन सय करोड
आज वैशाख ३० गते शनिबार, यस्तो छ आजको राशिफल।
आज वैशाख ३० गते शनिबार, यस्तो छ आजको राशिफल।
मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
सम्पर्कविहीन १५ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
सम्पर्कविहीन १५ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
आज ६ सयले सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
आज ६ सयले सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
संसद‍्मा गगनमाथि रविले उठाए प्रश्नहरू : गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टसम्मको आरोप
संसद‍्मा गगनमाथि रविले उठाए प्रश्नहरू : गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टसम्मको आरोप
‘एक घर, एक धारा’ कार्यक्रमबाट १६ हजार लाभान्वित
‘एक घर, एक धारा’ कार्यक्रमबाट १६ हजार लाभान्वित
जनकपुर भन्सार कार्यालय बाट रु ३४ करोड २८ लाख राजस्व सङ्कलन
जनकपुर भन्सार कार्यालय बाट रु ३४ करोड २८ लाख राजस्व सङ्कलन
सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँड
सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँड
चितवनमा पाँच सयभन्दा बढीमा डेंगु सङ्क्रमण
चितवनमा पाँच सयभन्दा बढीमा डेंगु सङ्क्रमण