Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

दुई पालिकाबिच सीमाना विवाद

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ २५, २०८२
|
|
३५ पटक हेरिएको
Shares
दुई पालिकाबिच सीमाना विवाद

सारांश

  • कैलालीका लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाबिच सीमा विवाद भएको छ ।
  • लम्कीचुहा नगरपालिकाले लम्की–टीकापुर सडकमा स्वागत गेट बनाउन थालेपछि सो विवाद आएको हो ।
  • सो स्थल जानकी गाउँपालिका –५ मा परेको भन्दै गाउँपालिकाले विरोध जनाएको छ ।

२५ जेठ, काठमाडौं ।

कैलालीका लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाबिच सीमा विवाद भएको छ । लम्कीचुहा नगरपालिकाले लम्की–टीकापुर सडकमा स्वागत गेट बनाउन थालेपछि सो विवाद आएको हो । सो स्थल जानकी गाउँपालिका –५ मा परेको भन्दै गाउँपालिकाले विरोध जनाएको छ । नगरपालिकाको गेट बनाइ छाडने र जानकीले बन्न नदिने अडान लिएपछि शनिबारदेखि यहाँ स्थानीयविच तनाव उत्पन्न भएको छ ।

जानकी गाउँपालिकाले बैठक गरी बल मिच्याँइ गरेर गेट निर्माण नगर्न विज्ञप्ति जारी गरेको छ । पालिकाका अध्यक्ष गणेश चौधरीद्वारा जारी विज्ञप्तिमा जिल्ला समन्वय समितिसँग समन्वय गरी नापी विभागको सहयोगमा समाधान निकाल्नु पर्नेमा हदैसम्मको बलमिच्याँइ भएको भनिएको छ ।  हाल प्राप्त नक्शा र प्रहरीले लगाएको सीमाबोर्डको आधारमा गेट बनाउन थालिएको हो जानकीले सहमतिमा आउनुपर्छ, काम हुन दिनुपर्छ,’ लम्कीचुहा नगरपालिकाका प्रमुख सुशीला शाहीले भन्नुभयो, ‘छलफलबाट निकास निस्किए फलामे गेट पछि सार्न सकिन्छ अहिले काम हुन दिनुपर्छ ।‘ जनप्रतिनिधिहरु आ–आफ्नै दावीमा लागेका बेला आइतबार लम्कीचुहा नगरपालिकाले नगरप्रहरी खटाएर काम जारी राखेपछि जानकी गाउँपालिका नागरिकहरु अवरोध गरेका छन् ।

विवाद भइरहेको स्थल पुग्नुभएका जिल्ला समन्वय समिति कैलालीका उपप्रमुख खगराज भुषालले दुवै पालिका प्रमुख र जनप्रतिनिधिहरु बसेर विवाद टुङ्ग्याउनु पर्ने र जनता लडाइमा उत्रिन नहुने बताउनुभयो । उहाँले दुवै पक्षबिच सहमति नहुञ्जेलसम्म यथास्थितिमा राख्न जिल्ला प्रशासन कार्यालय कैलालीलाई निर्देशन दिएको बताउनुभयो । नगरपालिकाले बनाउन लागेको गेटको पूर्वपट्टिको खम्बा अमौरी गाउँमा र पश्चिमपट्टिको खम्बा शिवपार्वती सामुदायिक वनमा परिरहेको छ । जानकी गाउँपालिकाले वन र अमौरी गाउँसहित ३०० मिटर परसम्म गाउँपालिकाको सीमाना रहेको दावी गरेको छ । लम्कीचुहाले आफ्नो दावी गरिरहेको छ ।

यहाँ लम्कीचुहा नगरपालिकाले करिब ३३ लाखको लागतमा स्वागत गेट बनाउन निर्माण कम्पनीलाई ठेक्का दिएको छ । दुवैको दावीबिच ठेकेदारले काम सुरु गरेपछि विवाद सतहमा आएको हो । शिवपार्वती वनका अध्यक्ष फूलपति चौधरीले पूर्खादेखि नै साविक पथरैया गाविस र हाल जानकी गाउँपालिका –५ मा पर्ने क्षेत्र लम्कीचुहाले लिन लागेको महसुस भएको बताउनुभयो । उहाँले २०७५ सालदेखि आफू अध्यक्ष रहेको उपभोक्ता जानकीकै रहेको र लम्कीचुहाले खम्बा गाड्न थालेपछि गाउँले भेला भएर भत्काउन लागेका बताउनुभयो ।  लम्कीचुहा नगरपालिकाको सीमा जोडिएको जानकी, मोहन्याल गाउँपालिकासँग नदी स्रोतको स्वामित्वका विषयमा पनि सीमामा विवाद हुँदैआएको स्थानीयको भनाइ छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीबाट २७ लाख हुन्डीको रकमसहित २ जना पक्राउ
सर्लाहीबाट २७ लाख हुन्डीको रकमसहित २ जना पक्राउ
एमालेबाट निर्वाचित वडा अध्यक्षले गरे पार्टी परित्यागको घोषणा
एमालेबाट निर्वाचित वडा अध्यक्षले गरे पार्टी परित्यागको घोषणा
माधव नेपालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दर्ता
माधव नेपालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दर्ता
साउदीको एक कम्पनी बन्द हुँदा ४ सय ६९ जना नेपाली अलपत्र
साउदीको एक कम्पनी बन्द हुँदा ४ सय ६९ जना नेपाली अलपत्र
जय ट्रफीका लागि आरिफको कप्तानीमा पुलिस क्लबको टोली घोषणा
जय ट्रफीका लागि आरिफको कप्तानीमा पुलिस क्लबको टोली घोषणा
इन्डोनेसियामाथि फराकिलो जितसहित नेपाल सेमिफाइनलमा
इन्डोनेसियामाथि फराकिलो जितसहित नेपाल सेमिफाइनलमा
वीरगञ्ज भन्सारद्वारा चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन
वीरगञ्ज भन्सारद्वारा चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन
थाइल्यान्डमा आक्रमणकारीले गोली चलाउँदा तीन जनाको मृत्यु
थाइल्यान्डमा आक्रमणकारीले गोली चलाउँदा तीन जनाको मृत्यु
पानामामा ७.७ म्याग्निच्युडको भू*कम्प, दर्जनौं संरचना भत्किए
पानामामा ७.७ म्याग्निच्युडको भू*कम्प, दर्जनौं संरचना भत्किए
सहकारी संस्थाले बहालमा लिएका घर–कोठा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाको सूचना
सहकारी संस्थाले बहालमा लिएका घर–कोठा ७ दिनभित्र खाली गर्न काठमाडौं महानगरपालिकाको सूचना