Press 4K
शुक्रबार, १५ श्रावण २०८३

माधव नेपालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दर्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ ७, २०८२
|
|
२७ पटक हेरिएको
Shares
माधव नेपालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दर्ता

सारांश

  • पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै रौतहट क्षेत्र नं.
  • १ मा उजुरी दर्ता भएको छ ।
  • सोही निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राम नरेश यादवले निर्वाचन अधिकृतको कार्यालय गौरमा नेपालविरुद्ध उजुरी दिएका हुन् ।

 

६ माघ, रौतहट ।

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै रौतहट क्षेत्र नं. १ मा उजुरी दर्ता भएको छ । सोही निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राम नरेश यादवले निर्वाचन अधिकृतको कार्यालय गौरमा नेपालविरुद्ध उजुरी दिएका हुन् । उम्मेदवार यादवले दर्ता गराएको उजुरीमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा विचाराधीन रहेको दाबी गरिएको छ । पतञ्जलि योगपीठको जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा नेपालविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा चलिरहेको र उनी निलम्बित अवस्थामा रहेको जिकिर उजुरीमा गरिएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ बमोजिम भ्रष्टाचार मुद्दा दायर भई निलम्बनमा रहेका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन अयोग्य हुने कानुनी प्रावधान रहेको उम्मेदवार यादवको भनाइ छ । ‘कानुनी रूपमा अयोग्य व्यक्तिले निर्वाचन लड्न नमिल्ने भएकाले ऐनको व्यवस्था अनुसार नेपालको उम्मेदवारी खारेज हुनुपर्छ ।’ यादवले बताए ।
निर्वाचन अधिकृतको कार्यालयले उजुरी दर्ता भएको पुष्टि गर्दै यसबारे आवश्यक कानुनी प्रक्रिया र छानबिन सुरु गरिएको जनाएको छ । निर्वाचन तालिका अनुसार दाबी विरोधमाथि जाँचबुझ गरी निर्वाचन अधिकृतको कार्यालयले केही दिनभित्रै निर्णय सुनाउनेछ । यस विषयमा नेपालको पक्षबाट हालसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...