Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बालुवाटारमा प्रधानमन्त्रीविरुद्ध मिराज समूहको प्रदर्शन, दुईजना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष १, २०८२
|
|
४३ पटक हेरिएको
Shares
बालुवाटारमा प्रधानमन्त्रीविरुद्ध मिराज समूहको प्रदर्शन, दुईजना पक्राउ

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध जेनजी अगुवा मिराज ढुंगाना समूहले प्रदर्शन गरेको छ ।
  • सो समूहले मंगलबार (पुस १) प्रधानमन्त्री निवास बालुवाटारअगाडि प्रदर्शन गरेको हो ।
  • त्यसक्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए ।

 

१ पुस, काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध जेनजी अगुवा मिराज ढुंगाना समूहले प्रदर्शन गरेको छ । सो समूहले मंगलबार (पुस १) प्रधानमन्त्री निवास बालुवाटारअगाडि प्रदर्शन गरेको हो ।

त्यसक्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए । पक्राउ पर्नेमा अमृत कुमार बोहरा र प्रकाश शर्मा छन् । उनीहरू दुवैजनालाई प्रहरी वृत्त मालिगाउँ लगिँदै गरेको एसपी भट्टराईले जानकारी दिए । “भर्खर त्यहाँ लैजादै छौँ । को हुन् सोधपुछ गर्छौं,” एसपी भट्टराईले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?