मधेसी जनता राज्यको आतङ्कबाट अझै पीडित छन् : महन्थ ठाकुर

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख १५, २०८२
|
|
३३ पटक हेरिएको
Shares
मधेसी जनता राज्यको आतङ्कबाट अझै पीडित छन् : महन्थ ठाकुर

सारांश

  •   लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाली जनता पहिलेदेखि नै आतङ्कबाट पीडित रहँदै आएको बताएका छन् ।
  • लोसपाको जनकपुरधामस्थित पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले नेपाली जनता निरङ्कुश राणा शासन तथा राजतन्त्रको आतङ्कबाट पहिलेदेखि नै गुजरीसकेको बताएका हुन् ।
  • यद्यपि उनले राजतन्त्र समाप्त भएपछि पनि मधेसी जनता राज्यको आतङ्कबाट पीडित रहँदै आएको भन्दै हामी सबै आतङ्कवाद विरुद्धको लडाइँमा एक हुनु आवश्यक रहेको बताए ।

१५ वैशाख, काठमाडौं । 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाली जनता पहिलेदेखि नै आतङ्कबाट पीडित रहँदै आएको बताएका छन् । लोसपाको जनकपुरधामस्थित पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले नेपाली जनता निरङ्कुश राणा शासन तथा राजतन्त्रको आतङ्कबाट पहिलेदेखि नै गुजरीसकेको बताएका हुन् ।

यद्यपि उनले राजतन्त्र समाप्त भएपछि पनि मधेसी जनता राज्यको आतङ्कबाट पीडित रहँदै आएको भन्दै हामी सबै आतङ्कवाद विरुद्धको लडाइँमा एक हुनु आवश्यक रहेको बताए । भारतको कश्मिरस्थित पहलगाममा भएको आतङ्कवादी आक्रमणको चर्चा गर्दै उनले मधेसी जनता अहिले पनि आतङ्कबाट मुक्ति पाउन नसकेको बताए ।  उनले धर्म र जातको आधारमा ताकेर निर्दोष पर्यटकहरूलाई आतंकवादीहरुले हत्या गरेकोमा आक्रोश व्यक्त गरे । ठाकुरले नेपालमा पनि धर्म र जातको बाजा बजाउनेहरू बजाइरहेको र यसले नेपाललाई कल्याण नगर्ने बताए ।

उनले भने,‘नेपालमा पनि हिन्दु राष्ट्रको माग उठिरहेको छ, हिन्दु राष्ट्र बनाउनु ठूलो कुरो होइन तर के हिन्दु राष्ट्र बनाउँदैमा पशुपतिनाथको लड्डु आफै घर–घरमा पुग्छ र ?’ नेपालमा विभिन्न धर्म र जातका व्यक्तिहरू बसोबास गर्छन् सबैको विकास भए मात्रै नेपालको विकास सम्भव रहेको उनले बताए । उनले कार्यक्रममा आफ्ना नेता तथा कार्यकर्ताहरूलाई पार्टीलाई सुदृढ बनाउने अभियानमा समेत लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित
अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित
८४ दिनका लागि ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
८४ दिनका लागि ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
भारत नेपालमा व्यवस्था उल्ट्याउने पक्षमा छैन – बाबुराम भट्टराई
भारत नेपालमा व्यवस्था उल्ट्याउने पक्षमा छैन – बाबुराम भट्टराई
४२ दिनका लागि ४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
४२ दिनका लागि ४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
कृष्णमूर्तिको अर्धशतकमा जनकपुरले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य
कृष्णमूर्तिको अर्धशतकमा जनकपुरले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य
लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र
लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र
सिंचाईका लागि मोटर राति ९ बजेपछि मात्र चलाउन प्राधिकरणको आग्रह
सिंचाईका लागि मोटर राति ९ बजेपछि मात्र चलाउन प्राधिकरणको आग्रह
प्रचण्डले गरे गल्तीको आत्मआलोचनादेखि प्रधानमन्त्रीमाथि प्रश्नैप्रश्न [पूर्णपाठ]
प्रचण्डले गरे गल्तीको आत्मआलोचनादेखि प्रधानमन्त्रीमाथि प्रश्नैप्रश्न [पूर्णपाठ]
झापाका १२ पालिका जलेर खरानी, यस्तो छ जनप्रतिनिधिहरूको साझा धारणा
झापाका १२ पालिका जलेर खरानी, यस्तो छ जनप्रतिनिधिहरूको साझा धारणा
वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ