Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सर्लाहीको चुरे जङ्गलमा डढेलो : पाइप जलेपछि खानेपानीको समस्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २१, २०८१
|
|
३६ पटक हेरिएको
Shares
सर्लाहीको चुरे जङ्गलमा डढेलो : पाइप जलेपछि खानेपानीको समस्या

सारांश

  • सर्लाहीको चुरेपाखाका वनमा फैलिएको डढेलोले क्षति पुर्‍याउन थालेको छ ।
  • केही दिनदेखि जिल्लाको चुरेवर्ती विभिन्न सामुदायिक वनमा डढेलो फैलिएको स्थानीयले बताएका छन् ।
  •   ईश्वरपुर नगरपालिका-१२, मा पर्ने सिद्धेश्वरी सामुदायिक वनमा तीन दिनदेखि फैलिएको डढेलोले खानेपानीको पाइप जल्दा २५ घरधुरीमा खानेपानीको समस्या भएको छ ।

 

२१ चैत, सर्लाही ।

सर्लाहीको चुरेपाखाका वनमा फैलिएको डढेलोले क्षति पुर्‍याउन थालेको छ । केही दिनदेखि जिल्लाको चुरेवर्ती विभिन्न सामुदायिक वनमा डढेलो फैलिएको स्थानीयले बताएका छन् ।  ईश्वरपुर नगरपालिका-१२, मा पर्ने सिद्धेश्वरी सामुदायिक वनमा तीन दिनदेखि फैलिएको डढेलोले खानेपानीको पाइप जल्दा २५ घरधुरीमा खानेपानीको समस्या भएको छ ।  डढेलोमा परेर पाइप जलेपछि गुइडुङ, टुडी र अड्डी क्षेत्रमा खानेपानीको समस्या भएको हो ।

वन डढेलोले ५० मिटर भन्दा बढी पाइप जलेपछि धारामा पानी आउन छाडेको अड्डी गाउँका लालविर योञ्जनले जानकारी दिनुभयो । गाउँलेले प्रयास गरेपनि डढेलो निभाउन नसकेको उहाँले बताउनुभयो । “डढेलोले वनमा विछ्याइएको पाइप सबै ध्वस्त पारेको छ,” योन्जनले भन्नुभयो, “भीरपाखामा लागेको डढेलो निभाउने प्रयास गरेपनि सम्भव भएन ।”  यहाँ गत वर्ष मात्रै बाँके खोलाबाट लिफ्टिङ गरेर खानेपानी पुर्‍याइएको थियो । डढेलोले खानेपानीको पाइप जलेपछि फूलजोर खोलामा रहेको कुवाको धमिलो पानी खाइरहेको योञ्जनले बताउनुभयो ।  सिद्धेश्वरी सामुदायिक वनका अध्यक्ष तथा खानेपानी उपभोक्ता समितिको समेत अध्यक्ष रहेका वीरबहादुर थिङले डढेलोले ठाउँठाउँमा पाइप काटेकाले समस्या परेको बताउनुभयो । खानेपानीको पाइप सखाप पारेको डढेलोले पाखामा रहेका घरहरु समेत जोखिममा पारेको वनका अध्यक्ष थिङले बताउनुभएको छ ।

“मङ्गलबार राति गाउँले गएर डढेलो निभाउन खोज्यौँ तर धेरै ठूलो आगो फैलिएकाले सम्भव नै भएन,” थिङले भन्नुुभयो, “तराईफाँटमा जस्तो हाम्रोतिरको भीरपाखामा लागेको डढेलो निभाउन असाध्य मुस्किल पर्छ ।”  सर्लाहीको ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाको चुरेपाखामा बाक्लो मानव बस्ती छ । यि चारवटै पालिकाका चुरेपाखामा रहेका सामुदायिक वनमा केही दिनदेखि निरन्तर डढेलो लागिरहेको स्थानीयले बताएका छन् ।  गाउँका युवा मिलेर वन डढेलो निभाउने गरेको भएपनि पल्छिल्ला वर्षहरुमा युवा पुस्ता वैदेशिक रोजगारमा पलाउने भएकाले वनमा लागेको डढेलो निभाउन जाने मानिस समेत नरहेका गुनासो आएको छ । चुरेको जङ्गल नै जङ्गलले घेरिएको लालबन्दी नगरपालिका–१५, का वडाध्यक्ष गोरखबहादुर बलले जताततै तीव्ररुपमा डढेलो अघि बढेको बताउनुभयो ।

दुुई दिनअघि वन डढेलोले बोहोरेडाँडाबाट चिसापानीतर्फ निर्माणाधीन खानेपानी पाइपलाइन जल्ने अवस्था आएपछि १० बजे राति आठ-दस जना गाउँले पुुगेर डढेलो नियन्त्रणमा लिएकाले पाइप जल्नबाट जोगिएको वडाध्यक्ष बलले जानकारी दिनुभयो । भौगोलिकरुपमा विकट चुरेपाखामा लागिरहेको डढेलो निभाउन असाध्य समस्या रहेको वडाध्यक्ष बलले बताउनुभयो ।  डढेलोले आफ्नो वडामा चुरे जङ्गलभित्र रहेका दर्जनौँ घर जोखिममा परेका वडाध्यक्ष बलले बताउनुभयो । “पहाडैपहाड भएकाले समथर भू–भागमा जस्तो चुरेपाखाको डढेलो निभाउन गाह्रो छ,” वडाध्यक्ष बलले भन्नुभयो, “जङ्गलसँग जोडिएको घर जल्ने जोखिम धेरै छ ।”  लालबन्दी १५ मा गत वर्ष डढेलोमा परेर एउटा घर, गोठ र दुुईवटा गोरु जलेका थिए । चुरेफेदीका गाउँबाट साँझपख उत्तरतर्फका चुरेजङ्गलमा भीषणरुपमा डढेलो फैलिएको दृश्य देख्ने गरिएको स्थानीयले बताएका छन् ।

डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख सन्तोषकुमार झाले मानवीय लापरवाहीका कारण वन डढेलो फैलिएको बताउनुभएको छ । झाले घाँस पलाउने र शिकार गर्ने लोभले वनमा डढेलो लगाउने परिपाटी देखिएको बताउनुभयो ।  वन कार्यालयको एकल प्रयासले मात्रै डढेलो निभाउन कठीन हुने भएकाले स्थानीय वासिन्दा र उपभोक्ता समितिले नै डढेलो नियन्त्रणका लागि अगुवाई गर्नुपर्ने डिभिजन वन प्रमुख झाको भनाइ छ । “डढेलो नियन्त्रण गर्न भनेर हामीले यो वर्ष १० जना अग्नी नियन्त्रक नियुक्त गरेका छौँ,” डिभिजन वन प्रमुख झाले भन्नुभयो, “वन कार्यालयले मात्रै त डढेलो निभाउन सम्भव छैन, त्यसका लागि उपभोक्ता र समितिहरु पनि सक्रिय हुन जरुरी छ ।”  केही साताअघि डढेलो लागिसकेका वनमा पुनः सुकेको पात झरेर हावाहुरी चल्दा पुन: डढेलो लाग्न थालेको छ । फूलजोर, बाँके, सागरनाथ, मूर्तिया, परवानीपुर लगायत क्षेत्रका वनमा अझै डढेलो लागिरहेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेटौंडामा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृ*त्यु
हेटौंडामा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृ*त्यु
धनकुटामा अटो नालामा पल्टिँदा ७ जना घाइते
धनकुटामा अटो नालामा पल्टिँदा ७ जना घाइते
प्रशिक्षणका क्रममा सोमपाल र गुल्सन घाइते, टी-२० सिरिज गुमाउने
प्रशिक्षणका क्रममा सोमपाल र गुल्सन घाइते, टी-२० सिरिज गुमाउने
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
रेडक्रसले बाढी प्रभावित १ हजार परिवारका लागि अस्थायी आवास बनाउने
रेडक्रसले बाढी प्रभावित १ हजार परिवारका लागि अस्थायी आवास बनाउने
‘दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म आन्दोलन गर्छौँ’: चिकित्सकहरूको चेतावनी
‘दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म आन्दोलन गर्छौँ’: चिकित्सकहरूको चेतावनी
कोशी प्रदेशमा बढ्दै हात्ती आतंक, २० वर्षमा ९७ जनाको मृत्यु
कोशी प्रदेशमा बढ्दै हात्ती आतंक, २० वर्षमा ९७ जनाको मृत्यु
भिजिट भिसालाई मानव तस्करीको माध्यम बनाइएको आरोप लगाएको रास्वपा निलो रिबन लगाएर संसदमा
भिजिट भिसालाई मानव तस्करीको माध्यम बनाइएको आरोप लगाएको रास्वपा निलो रिबन लगाएर संसदमा
क्षतिग्रस्त काठमाडौँ जिल्ला अदालतले अहिलेलाई यी ४ सेवा मात्रै दिने
क्षतिग्रस्त काठमाडौँ जिल्ला अदालतले अहिलेलाई यी ४ सेवा मात्रै दिने
काठमाडौं महानगरद्वारा १० जना स्रष्टालाई जनही एक लाख ५० हजार पुरस्कार
काठमाडौं महानगरद्वारा १० जना स्रष्टालाई जनही एक लाख ५० हजार पुरस्कार