भारतको आसामलाई हराउँदै पुलिस क्लब एमएम कपको फाइनलमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १८, २०८२
|
|
२६ पटक हेरिएको
Shares
भारतको आसामलाई हराउँदै पुलिस क्लब एमएम कपको फाइनलमा

सारांश

  •   नेपाल पुलिस क्लबले विराटनगरमा जारी एमएम कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ ।
  • बिहीबार समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा पुलिसले भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लबसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
  • बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आसाम ४२.

 

१८ वैशाख, काठमाडौं । 

नेपाल पुलिस क्लबले विराटनगरमा जारी एमएम कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ । बिहीबार समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा पुलिसले भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लबसँगको उपाधि भिडन्त पक्का गरेको हो । बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आसाम ४२.२ ओभरमा १५४ रनमै समेटिएको थियो । आसामका लागि राज विश्वले ३३ रन बनाए । पुलिसका अरुण ऐरी र श्रवन यादवले तीन/तीन विकेट लिए ।

१५५ रनको लक्ष्य पछ्याउन उत्रिएको पुलिसले २६.१ ओभरमै ४ विकेटको क्षतिमा लक्ष्य भेटायो । सुरुआतमा ४३ रनमै ४ विकेट गुमाएको पुलिसलाई अमित श्रेष्ठ (७१*) र कप्तान शंकर राना (६३*) ले पाँचौं विकेटका लागि अविजित ११७ रनको साझेदारी गर्दै जित दिलाए । अब उपाधिको लागि शनिबार बिहान ९ बजे पुलिस र आर्मी भिड्ने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?