भारत र पाकिस्तानबीच रातभर तनाव, अमेरिकाले भन्यो– आक्रमण बन्द गर

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २६, २०८२
|
|
३१ पटक हेरिएको
Shares
भारत र पाकिस्तानबीच रातभर तनाव, अमेरिकाले भन्यो– आक्रमण बन्द गर

सारांश

  • भारत र पाकिस्तानबीच रातभर गोलीबारी भएको छ ।
  • भारत र पाकिस्तानलाई छुट्याउने नियन्त्रण रेखामा मात्र नभई भारत र पाकिस्तानबीचको अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा पनि गोलीबारी भएको भारतीय तथा पाकिस्तानी सञ्चार माध्यहरूले जनाएका छन् ।
  • भारतीय सञ्चार माध्यमहरूले पाकिस्तानी सेनाले भारतका १५ भन्दा बढी स्थानमा हवाई आक्रमण गरेको जनाएका छन् ।

२६ वैशाख, भारत ।

भारत र पाकिस्तानबीच रातभर गोलीबारी भएको छ । भारत र पाकिस्तानलाई छुट्याउने नियन्त्रण रेखामा मात्र नभई भारत र पाकिस्तानबीचको अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा पनि गोलीबारी भएको भारतीय तथा पाकिस्तानी सञ्चार माध्यहरूले जनाएका छन् । भारतीय सञ्चार माध्यमहरूले पाकिस्तानी सेनाले भारतका १५ भन्दा बढी स्थानमा हवाई आक्रमण गरेको जनाएका छन् । पाकिस्तानी आक्रमणमा परी उरीमा एक भारतीय महिलाको मृत्यु भएको भारतीयपक्ष्को दाबी छ । भारतीयपक्षले पाकिस्तानी तीनवटा लडाकु विमान र एक जासुसी विमान खसालेको दाबी गरेको छ । \

भारतले दुईवटा जेएफ–१७ र एक एफ–१६ तथा एक जासुसी विमान खसालेको दाबी गरेको छ । उता पाकिस्तानले भने यसरी भारतमा आक्रमण नगरेको दाबी गरेको छ । तर भारतका एक दर्जनभन्दा बढी स्थानमा विस्फोटक घटना भएका छन् । यसअघि भारतले मंगलबार राति पाकिस्तानका विभिन्न ९ स्थानमा आक्रमण गरेको थियो जसमा ३१ जनाको मृत्यु भएको पाकिस्तानले जनाएको छ । यसरी तनाव बढेपछि इन्डियन प्रिमियर लिग (आईपीएल)को बिहीबार रातिको खेल बीचमै रोकियो । पञ्जाव किंग्स र दिल्ली क्यापिटल्सबीच हिमाचलको धर्मशालामा भइरहेको खेल ११ ओभर हुँदा पाकिस्तानी सेनाले भारतका विभिन्न स्थानमा आक्रमण गरेको खबरहरू आएका थिए । त्यसपछि धर्मशालामा ब्ल्याकआउट गरियो र खेल पनि रोकियो ।

उता पाकिस्तानमा जारी पाकिस्तान सुपर लिग (पीएसएल) का बाँकी खेलहरू पाकिस्तानबाट यूएई सिफ्ट गरिएको छ । यसरी भारत र पाकिस्तान आक्रमणमा उत्रिएपछि अमेरिकी अपिल सार्वजनिक भएको छ । अमेरिकाले दुवै देशलाई आक्रमण बन्द गर्नए अपिल गरेको छ । अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रूसले प्रेस ब्रिफिङका क्रममा भारत र पाकिस्तानलाई आक्रमण बन्द गर्न अपिल गरेकी हुन् । उनले ‘अमेरिकाको यो सन्देश छ कि हिंसा, सैन्य कारबाही र युद्ध बन्द हुनुपर्छ । मध्य–पूर्वले युद्ध समाधान नभएको पुष्टि गरेको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिलो संविधानसभाका ४ सभासदले भेटे प्रधानमन्त्री
पहिलो संविधानसभाका ४ सभासदले भेटे प्रधानमन्त्री
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
सरकारी विज्ञापन पारदर्शी तरिकाले वितरण हुन्छ : सञ्चारमन्त्री तिमिल्सिना
सरकारी विज्ञापन पारदर्शी तरिकाले वितरण हुन्छ : सञ्चारमन्त्री तिमिल्सिना
बालमन्दिरका जग्गा संरक्षण गर्न प्रधानमन्त्रीको निर्देशन
बालमन्दिरका जग्गा संरक्षण गर्न प्रधानमन्त्रीको निर्देशन
बोहोराटारस्थित राष्ट्रपति निवासमा गृहमन्त्रीको अवलोकन
बोहोराटारस्थित राष्ट्रपति निवासमा गृहमन्त्रीको अवलोकन
ऊर्जा, बैंकिङ र व्यापार क्षेत्रको सुधारले अर्थतन्त्रमा ३.५१ प्रतिशतको वृद्धि
ऊर्जा, बैंकिङ र व्यापार क्षेत्रको सुधारले अर्थतन्त्रमा ३.५१ प्रतिशतको वृद्धि
बाख्रा चराउँदै गर्दा लडेर मृत्यु
बाख्रा चराउँदै गर्दा लडेर मृत्यु
विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनीमा
विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनीमा
जेनजी आन्दोलन: प्रहरीको गोली लागेर तीन जनाको मृ*त्यु
जेनजी आन्दोलन: प्रहरीको गोली लागेर तीन जनाको मृ*त्यु
झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु