आजको मौसम : पहाडी भूभागका केही स्थानमा अशिनासहित वर्षाको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र २, २०८२
|
|
२५ पटक हेरिएको
Shares
आजको मौसम : पहाडी भूभागका केही स्थानमा अशिनासहित वर्षाको सम्भावना

सारांश

  • हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
  • हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश सहित बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको र बाँकी भूभागमा आंशिक बादल लागेको छ ।
  • सुदुरपश्चिम प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भईरहेको छ ।

२ चैत,काठमाडौं ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश सहित बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको र बाँकी भूभागमा आंशिक बादल लागेको छ । सुदुरपश्चिम प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भईरहेको छ ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका केही स्थानहरूमा तथा कोशी बागमती र लुम्बिनी प्रदेशको हिमाली भूभागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भूभागका एकरदुई स्थानहरूमा मेघगर्जनरचट्याङ्ग, अशिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ । तराई भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राती कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा तथा बाँकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भभागमा आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?