धनकुटामा पिकअप गाडी दुर्घटना, १७ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण २५, २०८२
|
|
३१ पटक हेरिएको
Shares
धनकुटामा पिकअप गाडी दुर्घटना, १७ जना घाइते

सारांश

  • धनकुटा नगरपालिका–८, स्थित टेकुनालामा पिकअप गाडी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
  • टेकुनालाबाट धनकुटा बजारतर्फ जाँदै गरेको को २ च २३०९ नम्बरको पिकअप गाडी बिहान करिब साढे १० बजे दुर्घटनामा परेको हो ।
  • दुर्घटनामा पिकअपमा सवार २१ जना मध्ये १७ जना घाइते भएका छन् ।

२५ साउन, धनकुटा ।

धनकुटा नगरपालिका–८, स्थित टेकुनालामा पिकअप गाडी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । टेकुनालाबाट धनकुटा बजारतर्फ जाँदै गरेको को २ च २३०९ नम्बरको पिकअप गाडी बिहान करिब साढे १० बजे दुर्घटनामा परेको हो । दुर्घटनामा पिकअपमा सवार २१ जना मध्ये १७ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर जिल्ला अस्पताल धनकुटा ल्याइएको छ ।​​ घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई थप उपचारका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको प्रहरीले जनाएको छ ।

अन्य घाइतेहरूको जिल्ला अस्पताल धनकुटामा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते हुनेमा धनकुटा नगरपालिका ७ का ६२ वर्षीय गुणराज श्रेष्ठ, धनकुटा नगरपालिका ७ कै ३८ वर्षीय जीतबहादुर श्रेष्ठ र धनकुटा नगरपालिका ८ बस्ने ४५ वर्षीया रेनुका राई रहेका छन् ।

त्यस्तै अन्य घाइतेहरूमा धनकुटा नगरपालिका ८ बस्ने १४ वर्षीया सविना डंगोल, ६४ वर्षीय चन्द्रभक्त डंगोल, ३५ वर्षीय हरीकुमार डंगोल, ७२ वर्षीय मोहन डंगोल, २७ वर्षीय राम श्रेष्ठ, टिना डंगोल, १८ वर्षीय रोजिन डंगोल, ५६ वर्षीय रमेश कर्मचार्य, धनकुटा नगरपालिका ७ बस्ने २२ वर्षीय राजन राई, शहीदभूमि गाउँपालिका ४ का २४ आशिष राई रहेका छन् ।

त्यस्तै साँगुरीगढी गाउँपालिका १ बस्ने १६ वर्षीय निशु लिम्बू, मूलघाट बस्ने १२ वर्षीय रोनिया श्रेष्ठ, सिंधुवाका १६ वर्षीय शिव श्रेष्ठ र २४ वर्षीय प्रकाश श्रेष्ठ रहेका छन् । आज गाई जात्राका लागि उनीहरू पिकअपमा धनकुटा बजार आउँदै गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण: सचिव मैनाली
नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण: सचिव मैनाली
नेपालले आज विश्वकपमा पहिलो खेल खेल्दै
नेपालले आज विश्वकपमा पहिलो खेल खेल्दै
उपत्यकाका ड्राइभिङ इन्स्टिच्युट र ट्रायल सेन्टरमा प्रहरीको छापा
उपत्यकाका ड्राइभिङ इन्स्टिच्युट र ट्रायल सेन्टरमा प्रहरीको छापा
लोथरमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने
लोथरमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने
सुशासन र व्यवस्थाप्रति देखिएको वितृष्णाको समयमै समाधान आवश्यक : मन्त्री भण्डारी
सुशासन र व्यवस्थाप्रति देखिएको वितृष्णाको समयमै समाधान आवश्यक : मन्त्री भण्डारी
ईपीएस भाषा परीक्षामा ६ हजार परीक्षार्थी उत्तीर्ण
ईपीएस भाषा परीक्षामा ६ हजार परीक्षार्थी उत्तीर्ण
रेलले किचेर धनुषामा १ भारतीय नागरिकको मृत्यु
रेलले किचेर धनुषामा १ भारतीय नागरिकको मृत्यु
ठमेलमा प्रहरी कुट्ने अखिल नेता जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति
ठमेलमा प्रहरी कुट्ने अखिल नेता जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति
उज्यालो नेपाल पार्टीको भेटघाट कार्यक्रम स्थगित
उज्यालो नेपाल पार्टीको भेटघाट कार्यक्रम स्थगित
सहकारी ठगीमा चन्द्रागिरि-१२ का वडाध्यक्ष पक्राउ