आईपीएल २०२६ मा आरसिबीमाथि प्रतिबन्धको चर्चा !

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ २६, २०८२
|
|
२६ पटक हेरिएको
Shares
आईपीएल २०२६ मा आरसिबीमाथि प्रतिबन्धको चर्चा !

सारांश

  • आईपीएल २०२५ को उपाधि विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)ले विजय उत्सव मनाउने क्रममा भएको घटनामा परी ११ जनाको मृत्यु भएपछि अहिले यस विषय चर्चामा छ ।
  • पहिलो पटक उपाधि जितेको खुसीयालीमा आयोजना गरिएको विजय जुलुस दुःखद घटनामा परिणत भएको थियो ।
  • अत्यधिक भीड र व्यवस्थापनमा कमीका कारण भएको भागदौडमा धेरै घाइते पनि भएका छन्।

२६ जेठ, काठमाडौं ।

आईपीएल २०२५ को उपाधि विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)ले विजय उत्सव मनाउने क्रममा भएको घटनामा परी ११ जनाको मृत्यु भएपछि अहिले यस विषय चर्चामा छ । पहिलो पटक उपाधि जितेको खुसीयालीमा आयोजना गरिएको विजय जुलुस दुःखद घटनामा परिणत भएको थियो । अत्यधिक भीड र व्यवस्थापनमा कमीका कारण भएको भागदौडमा धेरै घाइते पनि भएका छन्।

बेंगलुरु प्रहरीले आरसिबी, कार्यक्रम व्यवस्थापन कम्पनी डीएनए इन्टरटेनमेन्ट, र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)विरुद्ध एफआईआर दर्ता गरेको छ। आरसिबीका मार्केटिङ प्रमुख निखिल सोसालेलाई पक्राउ गरिएको छ। यसैबीचमा यतिबेला आईपीएलको आगामी सिजनमा फ्रेन्चाइज टोलीलाई प्रतिबन्ध लाग्ने कुराले पनि व्यापक चर्चा पाइरहेको छ । सामाजिक सञ्जालमा पनि यस विषयलाई लिएर विभिन्न टिप्पणीहरू भइरहेका छन् । यद्यपी भारतीय क्रिकेट बोर्ड बीसीसीआईले हालसम्म कुनै निर्णय भने लिएको छैन । बोर्डले यो कार्यक्रम आरसिबीको निजी आयोजनामा भएको भन्दै आफू भने सहभागी नभएको जनाएको छ।

बीसीसीआई सचिव देवजित साइकियालाई उद्धृत गर्दै भारतीय इकोनोमिक टाइम्सले लेखेको छ, ‘यो दुर्भाग्यपूर्ण घटना हो, अब बीसीसीआईले चुप लागेर बस्न सक्दैन। क्रिकेट भारतको हो, यस्तो घटना दोहोरिन नदिन केही कदम चालिनेछ।” आईपीएलको इतिहासमा यसअघि पनि २०१५ मा चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स स्पट-फिक्सिङ प्रकरणमा निलम्बित भएका थिए। तर यो घटना अझ गम्भीर छ किनभने यहाँ जनधनको क्षति भएको छ। यदि कर्नाटक सरकारले गरिरहेको अनुसन्धानले गम्भीर लापरबाही पुष्टि गर्‍यो भने, बीसीसीआईमाथि कडा कदम चाल्न दबाब पर्न सक्ने देखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाजुरामा समानुपातिकमा समेत कांग्रेस पहिलो
बाजुरामा समानुपातिकमा समेत कांग्रेस पहिलो
बुधवारदेखि शिक्षक आन्दोलनको समय बिहान ११ बजेदेखि २ बजेसम्म
बुधवारदेखि शिक्षक आन्दोलनको समय बिहान ११ बजेदेखि २ बजेसम्म
आज खग्रास चन्द्रग्रहण, चन्द्रमा रातो देखिने
आज खग्रास चन्द्रग्रहण, चन्द्रमा रातो देखिने
बैतडीमा जिप दु*र्घटना हुँदा ३ जनाको मृ*त्यु
बैतडीमा जिप दु*र्घटना हुँदा ३ जनाको मृ*त्यु
इँटको जवाफ पत्थरले दिन कार्यकर्तालाई ‘प्रचण्ड’ को निर्देशन
इँटको जवाफ पत्थरले दिन कार्यकर्तालाई ‘प्रचण्ड’ को निर्देशन
अमेरिकी संसद्‌मा ट्रम्पको पहिलो सम्बोधन: यी हुन् महत्त्वपूर्ण १० कुरा
अमेरिकी संसद्‌मा ट्रम्पको पहिलो सम्बोधन: यी हुन् महत्त्वपूर्ण १० कुरा
राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली
राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली
एसइई परीक्षा : मर्यादाविपरीत काम गर्ने चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो
एसइई परीक्षा : मर्यादाविपरीत काम गर्ने चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो
जनकपुरधाममा ई–रिक्सा सञ्चालनमा उपमहानगरपालिकाको कडाई
जनकपुरधाममा ई–रिक्सा सञ्चालनमा उपमहानगरपालिकाको कडाई
मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा
मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा