सडक निर्माणमा एमसीए नेपालले गर्‍यो साढे ३ अर्बको ठेक्का सम्झौता

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष ७, २०८२
|
|
४२ पटक हेरिएको
Shares
सडक निर्माणमा एमसीए नेपालले गर्‍यो साढे ३ अर्बको ठेक्का सम्झौता

सारांश

  • एमसीए-नेपालले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) कम्प्याक्ट अन्तर्गत सडक मर्मत कार्य कार्यान्वयनका लागि करिब २ करोड ३७ लाख अमेरिकी डलर (३ अर्ब ४३ करोड ६५ लाख रुपैयाँ) बराबरका दुई वटा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ ।
  • सोमबार काठमाडौंमा एमसीए-नेपालले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको सडक मर्मत आयोजना कार्यान्वयन क्रममा पूर्व-पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको सडक खण्डमा ‘फुल डेप्थ रिक्लेमेसन तथा सुपरपेभ प्रविधि’ प्रयोग गरेर सडक स्तरोन्नति कार्यका लागि सम्झौता गरेको हो ।
  • यसैगरी एमसीए-नेपालले हालै उक्त सडक खण्ड स्तरोन्नति कार्य र नारायणघाट-मुग्लिङ सडक खण्ड आवधिक मर्मत कार्यको सुपरिवेक्षणका लागि इन्टरनेसनल कन्सल्ट्यान्ट्स एन्ड टेक्नोक्र्याट्स प्रालिसँग सम्झौता गरेको छ ।

 

७ पुस, काठमाडौं ।

एमसीए-नेपालले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) कम्प्याक्ट अन्तर्गत सडक मर्मत कार्य कार्यान्वयनका लागि करिब २ करोड ३७ लाख अमेरिकी डलर (३ अर्ब ४३ करोड ६५ लाख रुपैयाँ) बराबरका दुई वटा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ । सोमबार काठमाडौंमा एमसीए-नेपालले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको सडक मर्मत आयोजना कार्यान्वयन क्रममा पूर्व-पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको सडक खण्डमा ‘फुल डेप्थ रिक्लेमेसन तथा सुपरपेभ प्रविधि’ प्रयोग गरेर सडक स्तरोन्नति कार्यका लागि सम्झौता गरेको हो ।

यसैगरी एमसीए-नेपालले हालै उक्त सडक खण्ड स्तरोन्नति कार्य र नारायणघाट-मुग्लिङ सडक खण्ड आवधिक मर्मत कार्यको सुपरिवेक्षणका लागि इन्टरनेसनल कन्सल्ट्यान्ट्स एन्ड टेक्नोक्र्याट्स प्रालिसँग सम्झौता गरेको छ । आयोजना अन्तर्गत पूर्व-पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको ४० किलोमिटर सडक खण्डमा स्तरोन्नति क्रममा सात मिटरको क्यारिज वे र २.५ मिटरको सोल्डर निर्माण गरी सडकलाई १२ मिटर चौडा गरिने एमसीए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले जानकारी दिए ।

सम्झौता अन्तर्गतका क्रियाकलापले व्यापार एवं सवारी सञ्चालन लागत घटाउने र सडक सुरक्षामा अभिवृद्धि गर्ने विश्वास लिएको उनले बताए । त्यस्तै नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले सरकारका सबै तहमा साझा प्रतिबद्धता प्रतिविम्बित गर्ने अर्काे उपलब्धि भएको बताए । अर्थ मन्त्रालयका सहसचिव डा. धनिराम शर्माले नेपालमा पहिलो पटक भित्रिएको नवीनतम प्रविधिबाट नेपालमा दिगो, प्रभावकारी तथा मितव्ययी सडक मर्मतका लागि मार्गप्रशस्त भएको र एमसीए-नेपाल यो आयोजना समयमै सम्पन्न गर्न सक्षम रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?