कैलालीमा मोटरसाइकल दुर्घटनामा चालकको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २८, २०८२
|
|
२६ पटक हेरिएको
Shares
कैलालीमा मोटरसाइकल दुर्घटनामा चालकको मृ*त्यु

सारांश

  • कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
  • पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्की बहुमुखी क्याम्पस नजिकै भएको दुर्घटनामा लम्कीचुहा-२ का ६५ वर्षीय लक्षीराम रिमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीकाअनुसार रिमालले चलाएको से७प ३२३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक किनारमा रोकिएको से१त ९६२३ नम्बरको ट्याक्टरको ट्रलीमा ठोक्किएको थियो ।

 

२७ वैशाख, धनगढी ।

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्की बहुमुखी क्याम्पस नजिकै भएको दुर्घटनामा लम्कीचुहा-२ का ६५ वर्षीय लक्षीराम रिमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीकाअनुसार रिमालले चलाएको से७प ३२३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक किनारमा रोकिएको से१त ९६२३ नम्बरको ट्याक्टरको ट्रलीमा ठोक्किएको थियो । गम्भीर घाइते अवस्थाका उनलाई उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल लगिएको थियो । तर, राति सवा ९ बजे उपचारका क्रममै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?